
स्याङ्जा, २९ जेठ ,, कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् । । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ । गाउँपालिका...बाँकी अंश →

काठमाडौँ, २९ जेठ ,, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पु¥याउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो । यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको भन्दै उहाँहरुले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण...बाँकी अंश →

त्रिपोली, २९ जेठ ,, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ । दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका...बाँकी अंश →

कम्पाला, २९ जेठ ,, युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताउनुभएको छ । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताउनुभयो । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो...बाँकी अंश →

अल्जियर्स, २९ जेठ ,, अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक...बाँकी अंश →

जाजरकोट , २८ जेठ ,, गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा...बाँकी अंश →

मेक्सिको, २९ जेठ ,, मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी...बाँकी अंश →

गाईघाट, २९ जेठ ,, उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ । केही दिनयता आएर जिल्लाको पूर्वी क्षेत्रको हँडिया तथा सुन्दरपुर क्षेत्रका चुरे वनक्षेत्रको खोलानालाबाट अवैधरूपमा बालुवा तथा रोडा...बाँकी अंश →

गोरखा, २९ जेठ ,, जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ,...बाँकी अंश →

परशुरामधाम, २९ जेठ ,, डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७...बाँकी अंश →

अछाम, २९ जेठ ,, पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो । साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ ।...बाँकी अंश →

बनेपा, २९ जेठ ,, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ । खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: