०६ पुष २०८२

समाचार

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

त्रिपोली, २९ जेठ   ,,  संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ । दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका...बाँकी अंश →


युगान्डामा इबोला देखियो

कम्पाला, २९ जेठ   ,,   युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताउनुभएको छ । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताउनुभयो । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो...बाँकी अंश →


अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

अल्जियर्स, २९ जेठ   ,,   अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक...बाँकी अंश →


डोल्पामा टेलिफोन सेवा अवरुद्ध

जाजरकोट , २८ जेठ   ,,  गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा...बाँकी अंश →


मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिको, २९ जेठ   ,,   मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी...बाँकी अंश →


नदीजन्य पदार्थको अवैध निकासी बढ्यो

गाईघाट, २९ जेठ  ,,  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ । केही दिनयता आएर जिल्लाको पूर्वी क्षेत्रको हँडिया तथा सुन्दरपुर क्षेत्रका चुरे वनक्षेत्रको खोलानालाबाट अवैधरूपमा बालुवा तथा रोडा...बाँकी अंश →


जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

गोरखा, २९ जेठ  ,,  जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ,...बाँकी अंश →


चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

परशुरामधाम, २९ जेठ  ,,  डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७...बाँकी अंश →


खप्तड पुग्ने छोटो पदमार्ग निर्माण

अछाम, २९ जेठ   ,,  पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो । साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ ।...बाँकी अंश →


७२ घरपरिवारलाई खानेपानी

बनेपा, २९ जेठ  ,,  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ । खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ...बाँकी अंश →


चितवन दूधमा आत्मनिर्भर

चितवन, २९ जेठ  ,,  देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा...बाँकी अंश →


सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रम ओली

काठमाडौँ, २९ जेठ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्नुभयो । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter