१२ चैत २०८२

समाचार

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

लहान, ३१ जेठ  ,,  भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा...बाँकी अंश →


बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

पोखरा, ३१ जेठ   ,,  मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी...बाँकी अंश →


आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

भादगाउँ, ३१ जेठ  ,,  ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो...बाँकी अंश →


चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

विराटनगर, ३१ जेठ   ,,  चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश...बाँकी अंश →


नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ, ३० जेठ   ,,  निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१...बाँकी अंश →


शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय

बाजुरा, ३० जेठ  ,,  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित...बाँकी अंश →


तीन वर्षमा कार्यान्वयन भएन खानेपानीसम्बन्धी मौलिक हक

काठमाडौँ, ३० जेठ  ,,  संविधानबमोजिम खानेपानीलगायत मौलिक हकसँग सम्बन्धित विषयमा तीन वर्षमा कानून बनाइनुपर्ने भए पनि त्यो पूरा हुन नसकेकोतर्फ सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विनियोजन विधेयक २०७६ अन्तर्गत खानेपानी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि जारी छलफलमा भाग लिँदै सांसद गगनकुमार...बाँकी अंश →


गुठी विधेयकको बचाऊ र विरोध

काठमाडौँ, ३० जेठ   ,,  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले गुठी विधेयकको बचाऊ र विपक्षले विरोध जनाउनुभएको छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका जमीनलाई व्यवस्थापन गर्न राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो । विशेष समयमा सत्तापक्षका सांसदले विधेयक...बाँकी अंश →


कर्मचारी नहँुदा न्याय सम्पादनमा समस्याv

मुगु जिल्लास्थित स्थानीय तहका उपप्रमुखहरुले कर्मचारी नहँुदा आफूहरुले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतले आज मुगु जिल्लामा आयोजना गरेको स्थानीय तहका पदाधिकारी र सरोकारवालाहरुका लागि कानूनी सचेतना कार्यक्रममा उपप्रमुखहरुले यस्तो गुनासो गर्नुभएको हो । छायाँनाथ रारा नगपालिकाका उपप्रमुख सुन्तला रोकायाले सरकारले...बाँकी अंश →


बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बेइजिङ, ३० जेठ  ,,   मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो...बाँकी अंश →


एउटै वडामा १३८ बालबालिका कुपोषित

लमही, ३० जेठ   ,,  दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं...बाँकी अंश →


विद्यालयमा लागुऔषधविरुद्धको इकाइ गठन गर्न निर्देशन

काठमाडौँ, ३० जेठ  ,,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको अनुरोधमा सङ्घीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाई गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । मन्त्रालयले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter