०६ पुष २०८२

समाचार

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौँ, १ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’...बाँकी अंश →


‘मनिराज वाङ्मय पुरस्कार२०७५‘ साहित्यकार सुवेदीलाई

धनगढी, १ असार (रासस)ः साहित्यकार मनिराज जोशीको नाममा स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार२०७५‘यस वर्ष विराटनगरका साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिने भएको छ । कैलालीस्थित नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार पदमराज जोशीले सो जानकारी दिनुभएको हो । साहित्यकार सुवेदीले लामो समयदेखि...बाँकी अंश →


अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला, १ असार   ,,   मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ...बाँकी अंश →


बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

भक्तपुर, १ असार  ,,  भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ । एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न अपराधमा...बाँकी अंश →


गुठीयारका माग सम्बोधन गर्न सकिने

काठमाडौँ, १ असार  ,,  सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले विधेयक सदनमा नआइसकेको अवस्थामा अनावश्यक हल्ला गर्नु दुःखद् रहेको हुँदा त्यस्तो...बाँकी अंश →


२० चेपाङलाई रोजगार

मुग्लिन, १ असार   ,,    चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू...बाँकी अंश →


अनर्गल प्रचारले जनतामा निराशा ः मुख्यमन्त्री शाही

सुर्खेत, १ असार   ,,   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निराशा छाएको बताउनुभएको छ । सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आज शुभारम्भ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी सङ्घीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी बिरुद्ध सचेत...बाँकी अंश →


न्यूजील्यान्डमा भूकम्प

हङकङ, १ असार  ,,   न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।बाँकी अंश →


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन   को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल...बाँकी अंश →


बालश्रममुक्त बनाउन घरदैलो अभियान

डोटी, १ असार   ,,  जिल्लाको जिल्ला दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ । नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा...बाँकी अंश →


भिरबाट लडेर किशोरीको मृत्यु

बाजुरा, १ असार  ,,  शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् । गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु...बाँकी अंश →


स्यानेटरी प्याड बनाउने तालीम

लम्की, १ असार   ,,  कैलालीको जानकी गाउँपालिकाले महिलालाई स्यानेटरी प्याड बनाउने तालीम दिएको छ । महीनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचतमा सहयोग होस् भनी तालीम दिएको गाउँपालिकाले जनाएको छ । “महिलाहरु आफैँले स्यानेटरी प्याड बनाएमा खर्च बचत हुन्छ । ग्रामीण महिलाले खर्चिलो प्याड प्रयोग गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter