
जीतपुर,२ असार ,, केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । यही असार...बाँकी अंश →

ललितपुर, २ असार ,, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण...बाँकी अंश →
उर्लाबारी, २ असार ,, मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक भोजपुर...बाँकी अंश →

पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको...बाँकी अंश →
हेटौँडा २ असार ,, चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →

मेलम्ची, असार २ ,, मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी...बाँकी अंश →
रुकुमपश्चिम, १ असार ,, रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना...बाँकी अंश →

काठमाडौँ, १ असार ,, सामुदायिक विद्यालयले देशभक्त तथा असल नागरिक उत्पादन गर्ने पाठ्यक्रमसहितको कार्ययोजना ल्याउनुपर्ने सुझाइएको छ । सामुदायिक विद्यालयमा समय सापेक्ष शिक्षाको विकास हुन नसकेका कारण विद्यार्थी घट्दो क्रममा रहेको अवस्थामा ती विद्यालयले अब नयाँ पाठ्यक्रम विकास गरी राष्ट्रलाई माया गर्नुपर्छ भन्ने आदर्श, असल आचरण भएको दक्षजनशक्ति उत्पादन गर्ने...बाँकी अंश →

रियाद, १ असार ,, साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो । “यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो...बाँकी अंश →

ल्हासा तिब्बत ,, तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले चीनको स्वशासित क्षेत्र तिब्बतको विकासका लागि यसको सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्वको थप प्रवद्र्धनमा जोड दिएको छ । उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सहभागीले तिब्बतको बृहत्तर क्षेत्रको महत्वलाई उजागर गर्न चीन सरकारले शुरु गरेको खुला तिब्बत अवधारणाको प्रशंसा गरेका थिए...बाँकी अंश →

काठमाडौँ, १ असार ,, नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । परिसरले...बाँकी अंश →
काठमाडौँ, १ असार ,, नेपाल भाषाका कथाकार हितकरवीर सिंह कंसाकारको चर्चित कथा सङ्ग्रह ‘मिजला’ को अङ्ग्रेजी अनुवाद बजारमा आएको छ । उनान्चास वर्ष अघि लेखिएको उक्त कृतिको अंग्रेजी संस्करण नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । नौवटा कथा सङ्गृहीत यस पुस्तकको मूल्य रु १७५ राखिएको छ । पञ्चायती...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: