०६ पुष २०८२

समाचार

अस्पतालमा बिरामी शिशु वृद्धि

चितवन, ३ असार   ,,   गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन्...बाँकी अंश →


प्रतिनिधिसभा बैठक अवरोध ः सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । काङ्ग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर...बाँकी अंश →


गुठी विधेयक– क्षेत्राधिकारभन्दा बाहिर गएर बहस भयोः सत्ता पक्ष, जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठ्योः प्रतिपक्ष

काठमाडौँ, ३ असार  ,,  राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक प्रक्रियाअघि नै प्रतिनिधिसभामा विरोध र बहस हुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शर्माले क्षेत्राधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभामा सो विषयमा...बाँकी अंश →


साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

काठमाडौँ, ३ असार  ,,  चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका...बाँकी अंश →


एशिया फाइनलका लागि खेलाडी छनोट

काठमाडौँ, ३ असार   ,,  सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय...बाँकी अंश →


साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै

काठमाडौँ, ३ असार  ,,  मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत बृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा...बाँकी अंश →


अस्पतालमा गोली प्रहार पाँचको मृत्यु

२ असार   ,,   पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ । सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक...बाँकी अंश →


प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

काठमाडौँ, ३ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी...बाँकी अंश →


कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

सुर्खेत, ३ असार  ,,  कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो,...बाँकी अंश →


संसद् कार्यसूची प्रभावित

काठमाडौँ, ३ असार   ,,  प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएपछि कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक महत्वका विषयमा वक्तव्य आउन सकेन । सभामुख कृष्णबहादुर महराले आजको बैठकमा प्रधानमन्त्री ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिनुभएको थियो । बैठकको प्रारम्भमै काँग्रेस सांसदले समसामयिक विषयमा...बाँकी अंश →


पशुपति क्षेत्रमा प्रदर्शन

काठमाडौँ, ३ असार    ,,  श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ । विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो । प्रदर्शनमा सांसद एवं...बाँकी अंश →


मह सङ्कलन केन्द्र निर्माण

भरतपुर, ३ असार   ,,  चितवनका तीन स्थानीय तहमा मह सङ्कलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनको अनुदान सहयोगमा केन्द्र स्थापना गरिएको हो । खैरहनी, राप्ती र कालिका नगरपालिकामा एक÷एक सङ्कलन केन्द्र निर्माण गरिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter