०६ पुष २०८२

समाचार

समयमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता जोशी

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले समयमा पार्टीको चौधौँ महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि स्व सुदर्शन आचार्यको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीलाई चलायमान बनाउन समयमा महाधिवेशन हुनुपर्ने बताउनुभएको हो । नेता जोशीले स्व आचार्यको जीवन पद्धतिबाट पार्टीले धेरै...बाँकी अंश →


बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

हुम्ला, ४ असार  ,,  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो...बाँकी अंश →


छाउगोठको लगत सङ्कलन गरिँदै

लम्की, ४ असार  ,,  कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला म्हिनावारी हुँदा छाउगोठमै बस्न गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो । नगरपालिकाका वडा नं २, ६, ७, ८, ९ मा अझै छाउगोठ देख्न सकिन्छ । नगरपालिका...बाँकी अंश →


फोहर नउठ्दा बजार दुर्गन्धित

परासी, ४ असार  ,,  केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ । दुई हप्तादेखि फोहर नउठेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले फोहर विसर्जन गर्दै अएको स्थानका स्थानीयवासीले फोहर विर्सजनमा अवरोध...बाँकी अंश →


तोकिएको समय सकिएको डेढ महीनामा फोक्सिङटार पुलको दुई पिल्लर मात्र ठडियो

खोटाङ, ४ असार   ,,  सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं २०६९ चैत २३ गते ठेक्का लागेर २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरी काम थालिएकामा २०७५...बाँकी अंश →


वडा कार्यालयमा चोरी गर्ने पक्राउ

राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज वडा नं ५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपीयु, किबोर्ड, प्रिन्टरलगायतको समान चोरी भएको थियो...बाँकी अंश →


प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

लहान, ४ असार   ,,  प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षकको...बाँकी अंश →


प्रदेशका योजना समयमै सक्न निर्देशन

काभ्रेपलाञ्चोक, ४ असार  ,,  अर्थ समितिले प्रदेश नं ३ सरकारमार्फत जिल्लामा सञ्चालित विकासका योजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट जिल्ला–जिल्लामा सञ्चालित योजना अनुगमनका क्रममा प्रदेश अर्थ तथा विकास समिति, योजना अनुगमन उपसमितिको टोलीले उक्त निर्देशन दिएको हो । टोली संयोजक भक्तपुरका प्रदेशसभा सदस्य...बाँकी अंश →


पानीका मुहान सुक्दै

बैतडी, ४ असार   ,,  पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो । पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या...बाँकी अंश →


आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, ४ असार  ,,  म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । कार्यालयको...बाँकी अंश →


इनरुवामा पनि डेंगुका बिरामी भेटिए

इनरुवा, ४ असार   ,,  सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले...बाँकी अंश →


सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । बझाङको मष्टा गाउँपालिका–१ मा सोमबार से१झ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter