बलेवा, ११ असार ,, पाँच वर्ष पहिलेसम्म खच्चरको पछि दगुर्दै आउनुभएका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराका रुद्रनाथ शर्मा अहिले खच्चर छोडेर गाई पाल्न थाल्नुभएको छ । खच्चरकै व्यवसाय गर्दै आउनुभएका अर्का कुश्मिशेराकै चित्रप्रसाद चापाईंले पनि ट्र्याक्टर किनेको केही वर्ष भयो । जिल्लाकै ढोरपाटन नगरपालिका–९ का मङ्गले कामी पनि गत वर्षसम्म खच्चर...बाँकी अंश →
चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा...बाँकी अंश →

गलकोट, ११ असार ,,, पछिल्लो समय बागलुङमा घरवास (होमस्टे)को सङ्ख्या बढ्दै गएको छ । विसं २०६८ मा जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–१० भकुण्डेमा अतिथि सत्कार सामुदायिक घरवासको शुरुआतसँगै जिल्लामा घरवास सञ्चालनमा ल्याउने क्रम शुरु भएको थियो । बागलुङ जिल्लामा अहिले सामुदायिक र व्यक्तिगत गरी झण्डै ४० घरवास रहेका छन् ।...बाँकी अंश →

नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य...बाँकी अंश →
भद्रपुर, ११ असार ,,, कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् । एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय...बाँकी अंश →

बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले हिजो छ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला...बाँकी अंश →

मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (¥याफ्टिङ) सहज...बाँकी अंश →
भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो । “विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो...बाँकी अंश →

काठमाडौँ, १० असार ,, सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ । आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने...बाँकी अंश →
हेटौँडा, १० असार ,, मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट...बाँकी अंश →

अफगानिस्तान, १० असार ,, अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ । उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए । उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका समाचारमा जनाइएको छ । उक्त जिल्ला...बाँकी अंश →

भीमदत्तनगर, १० असार ,, कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो । “वर्षाका कारण समूह ए मा शीर्ष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: