
वीरगञ्ज, १२ असार ,, वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगञ्जका छ व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ । कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगञ्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ । सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा...बाँकी अंश →
जाजरकोट, १२ असार ,, दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महीनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट...बाँकी अंश →

आज मुस्लिम आयोग द्वारा आयोजित मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्द्धन विषयक कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई ले गरेका छन । मुस्लिम आयोग द्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको केही फ़ोटो यहाँ अवलोकन गर्न सकिन्छ । फ़ोटो: शमशाद आदिल बाँकी अंश →
लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले लागुऔषधको दुरुपयोगले व्यक्ति मात्र नभई समाज र राष्ट्रलाई असर पार्ने भएकाले यसको रोकथाममा सबै लाग्नुपर्ने बताए...बाँकी अंश →

काठमाडौँ, ११ असार ,, सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले...बाँकी अंश →

११ असार ,, अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ । गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी...बाँकी अंश →

प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा...बाँकी अंश →
भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई...बाँकी अंश →
ललितपुर, ११ असार ,, गोदावरी नगरपालिका–४ का बडिखलेवासी डाँडाबाट पैदमार्ग निर्माण गर्ने योजनाका साथ हातमा कोदालो, चाँदे र हँसिया लिएर अघि बढेका छन् । सरकारले फागुन १ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएका यी बेरोजगार बडिखेलवासीले पाँच किलोमिटर सडक खन्ने रोजगारी पाएका हुन् । गोदावरीको पर्यटक...बाँकी अंश →

भजनी, ११ असार ,, अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी सङ्घसंस्थाहरुले गाउँ र टोल केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि ती सबै कार्यक्रम बालुवामा पानी हाले जस्तै भइरहेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाको अन्य वडाभन्दा वडा नं...बाँकी अंश →
बुटवल, ११ असार ,, अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई...बाँकी अंश →
परासी, ११ असार ,, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड दिएको छ । अतिक्रमणमा परेका जग्गाको पहिचान गरी त्यसमा निर्माण भएका संरचना हटाएर त्यसको संरक्षण र व्यवस्थापन गर्ने तथा सार्वजनिक जग्गाको बहुउपयोग गरेर आर्थिक उपार्जनका योजना तथा कार्यक्रम ल्याउने नीति गाउँपालिकाले अगाडि सारेको सो गाउँपालिका अध्यक्ष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: