१२ चैत २०८२

समाचार

गुट्खाको अवैध व्यापारः भन्सार राजश्व प्रभावित

गुट्खाको अवैध व्यपारका कारण सरकारले वार्षिक करोडौं रुपैयाँको राजस्व गुमाउँदै आएको छ । प्रहरीले वीरगञ्जको माईस्थानस्थित गौतम चौरसियाको घरमा छापामारी रु तीन लाख मूल्य बराबरको गुट्खा बरामद गरेपछि यसको अवैध व्यापार हुने गरेको रहस्य सार्वजनिक भएको हो । भन्सारबाट राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको बारे वीरगञ्ज भन्सार कार्यालयमा कुनै अभिलेख...बाँकी अंश →


सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो...बाँकी अंश →


निगमले जापान, चीन र साउदीमा उडान गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट...बाँकी अंश →


दुर्गममा जाँदैनन् कर्मचारी

सङ्खुवासभा, १२ असार ,,  सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने...बाँकी अंश →


देशभर मनसुन सक्रिय

काठमाडौँ, १२ असार  ,,  गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो समयमा वर्षा लगातर नभई...बाँकी अंश →


अस्पताल चोक बाढीको जोखिममा

म्याग्दी, १२ असार   ,,  जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ । वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो । बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ । बुधबार अपराह्न ४...बाँकी अंश →


आगलागीबाट रु ५६ लाखको क्षति

पाँचथर, १२ असार   ,,  जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका...बाँकी अंश →


सल्लेरी वन नष्ट हुँदै

बैतडी, १२ असार  ,,  बैतडीका सल्लेरी वन मासिँदै गएका छन् । व्यापकरुपमा खोटो सङ्कलन भइरहेकाले सल्लेरी वन मासिने क्रम बढ्दै गएको हो । जिल्लामा रहेका ३५७ वटा सामुदायिक वनमध्ये अधिकांशमा सल्लाको वन रहेका छन् । सल्लेरी वनमा खोटो सङ्कलन भइरहेकाले ती वनमा आगलागीको सम्भावना पनि बढिरहेको सिगास गाउँपालिका–१ का केशवदत्त...बाँकी अंश →


पर्यटकको पखाईमा झोवाङको शीतल गुफा

पोखरा, १२ असार   ,,  ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित...बाँकी अंश →


मेलम्ची खानेपानी ः तीन दिनभित्र रकम दाबी गर्न आग्रह

मेलम्ची, १२ असार  ,,  मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन...बाँकी अंश →


जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी

काठमाडौँ, १२ असार   ,,  नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव...बाँकी अंश →


सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश

नेपालगञ्ज, १२ असार  ,,  नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ । बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा रु ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै रु ३८ करोड अपचलन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter