१२ चैत २०८२

समाचार

चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो । चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले...बाँकी अंश →


जनगुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त हुनुहुन्छ । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफल गर्दै हुनुहुन्छ । समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उहाँले...बाँकी अंश →


बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

राजापुर, १८ असार  ,,  मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु...बाँकी अंश →


विद्यार्थीलाई राष्ट्रिय सेवा तालीम

जाजरकोट, १८ असार  ,,  राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको छ । ‘राष्ट्रिय सेवा दल तालीम’ नाम दिइएको सो प्रशिक्षणमा यहाँका त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

कावासोती, १८ असार  ,,  नवलपरासीमा आज बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


किसान भन्छन्– मानो रोपेर मुरी फलाउने दिन गए

वीरगञ्ज, १७ असार   ,,  पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन् । “अन्नको भण्डारका रुपमा चिनिएका बारा, पर्सा तथा रौतहटका किसानका लागि जीवनरेखा मानिएको गण्डक नहरमा पानी...बाँकी अंश →


मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा

जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्दै गएको हो । जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएर अब रेल सञ्चालनको तयारीमा...बाँकी अंश →


मिडिया विधेयक संशोधन गर्न माग

सरकारले ल्याउन लागेको मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको आयोजना र ‘चाँदनी नेपाल’को सहयोगमा बुटवलमा आज आयोजित ‘मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक’ विषयमा गरिएको छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले मिडिया विधेयकका कतिपय प्रावधानले मिडियाको स्वतन्त्रतामा आँच पुग्ने भएकाले तत्काल सच्चाउन...बाँकी अंश →


आलेख ः ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

बेनी, १७ असार   ,,  गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट...बाँकी अंश →


स्थानीयवासीलाई बाढी र पहिरोको चिन्ता

डोटी, १७ असार  ,,  जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दालाई हिजोआज बाढी र पहिरोको चिन्ता बढ्न थालेको छ । वर्षा यामसँगै ग्रामीण बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्ने भएकाले यहाँका बासिन्दामा चिन्ता बढ्न थालेको हो । वर्षाको समय शुरु भएकाले यहाँका बासिन्दालाई कतिबेला कहाँबाट बाढी र पहिरो आउने हो भन्ने चिन्ताले...बाँकी अंश →


दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझावः वानर आतङ्क रोक्न माग

काठमाडौँ, १७ असार   ,,  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत छ मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल भएको छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिला छन्...बाँकी अंश →


मृत्युदण्डविरुद्ध शान्तिपूर्ण विरोध

एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन् । उक्त संस्थासहित एड्भोकेसी फोरम, जवाफदेहिता निगरानी समूह, जुरी नेपाल, द्वन्द्वपीडित साझा चौतारीलगायत सङ्घसंस्थाले आज काठमाडौँको महाराजगञ्जस्थित श्रीलङ्काली दूतावास अगाडि पुगेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter