
चितवन, २२ असार ,, गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आज यहाँ दीक्षान्त समारोहमा उहाँले यस अवस्थामा विभिन्न...बाँकी अंश →
पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे । नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा पोस्ट बढाएकाले...बाँकी अंश →

काठमाडौँ, २२ असार ,, पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आज म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो । नेपाल र म्यान्मारबीच सांस्कृतिक, धार्मिकलगायतका धेरै क्षेत्रमा समानता...बाँकी अंश →
गलकोट २२ असार ,, कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ । नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन...बाँकी अंश →
बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ । गाउँमा अहिले दैनिक २०...बाँकी अंश →

विदुर, २२ असार ,, विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →

काठमाडौँ, २२ असार ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको...बाँकी अंश →

जाजरकोट २२ असार ,, ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् । जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको...बाँकी अंश →
शमशाद आदिल आज फेरी उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको छ । ४ बजेर १५ मिनट गएको भूकम्पले काठमाडौंमा फेरी त्रासदी छाएको छ । विशेष गरि तराई बाट काठमाडौमा रहेका विद्यार्थीहरू मा भय सृजना भएको छ । जनधनको...बाँकी अंश →
शमशाद आदिल, असार-१४ केयरखबर ,काठमाडौं यस वर्ष२०७६ मा मुस्लिम धर्मावलम्बीहरू लाई हज गर्नको लागि तीन सय जना थपेर हजयात्रामा लैजान प्रयास हुदैछ । १२सय हजयात्रीहरूको उड़ान मिति सहित नामावली सार्वजनिक गरेको नेपाल हज समितिले थप तीन सय जना लैजाने गृहकार्य भई रहेको जानकारी दिएको छ। साउदी सरकारका हज मन्त्रालयले हिजो...बाँकी अंश →

अबुजा, २० असार ,, नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए । सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ । सेनाका ब्रिगेडियर जनरल बुलामा...बाँकी अंश →

स्याङ्जा, २० असार ,, रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । घरको छत तथा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: