०४ पुष २०८२

समाचार

सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

लमही, २४ असार   ,,  दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो...बाँकी अंश →


टिमुर खेतीतर्फ युवा

बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताउनुभयो । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा...बाँकी अंश →


प्रदूषण जाँच हुँदैन सवारी साधनको

काठमाडौँ, २३ असार  ,,  देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’(सवारी जाँच केन्द्र)मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने अर्कातिर यातायात व्यवस्था कार्यालयले सामान्य जाँचसमेत नगरी सवारीसाधन नवीकरण गरिरहेका छन् । टेकुस्थित सेन्टर नेपालको...बाँकी अंश →


आर्थिक कूटनीतिकलाई प्राथमिकतामा राखिएको छ – मन्त्री ज्ञवाली

काठमाडौँ, २३ असार  ,,  परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले सरकारको एक्लो प्रयासबाट मात्र नभई सबैको सहयोगमा मुलुकको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध निर्भर रहने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत परराष्ट्र मन्त्रालयको विभिन्न शीर्षकमा सांसादहरूले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । पराष्ट्रमन्त्री ज्ञवालीले...बाँकी अंश →


सडक २५ मिटर फराकिलो हुन्छ

हेटौँडा, २३ असार  ,,  हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ । डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन...बाँकी अंश →


गृहप्रशासन र सुरक्षा निकायमा वृत्ति विकास पुनः सञ्चालन गरिने

काठमाडौँ, २३ असार  ,,  गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताउनुभयो । सुरक्षा निकायको आवश्यकतानुसार...बाँकी अंश →


केबलकारको ‘बटम स्टेशन’ भवन शिलान्यास

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन आज शिलान्यास गर्नुभएको हो । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा रु १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त...बाँकी अंश →


शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने ः मन्त्री पोखरेल

काठमाडौँ, २३ असार ,,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो ।...बाँकी अंश →


देशभर मनसुन सक्रिय

काठमाडौँ, २३ असार  ,,  मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त...बाँकी अंश →


बसपार्कको नक्साङ्कन र पर्खाल निर्माण

दमौली, २३ असार  ,,  तनहुँको बन्दीपुर गाउँपालिका–१ चिसापानीमा गाउँपालिकाको आन्तरिक बजेटबाट बसपार्कको नक्साङ्कन र पर्खाल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार पृथ्वीराजमार्गदेखि बसपार्कसम्म पुग्ने ५०० मिटर बाटोमा पर्खाल लगाइएको छ । ग्राभेल, नाला निर्माण, जग्गा सम्याउने, ढलान गर्ने लगायतका काम गर्न बाँकी रहेको पोखरेलले...बाँकी अंश →


क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

काठमाडौँ, २३ असार   ,,  एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका...बाँकी अंश →


राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यास

काठमाडौँ, २३ असार  ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter