०४ पुष २०८२

समाचार

व्यास नगरपालिकामा विपद् व्यवस्थापन समिति

तनहुँ, २४ असार  ,,  विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तनहुँको व्यास नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका चौधवटै वडामा विपद् व्यवस्थापन समिति गठन गरेको छ । ती वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिएको नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिनुभयो । “प्रत्येक वडाबाट एक÷एक गरी चौध जनालाई विपद् व्यवस्थापन तालीम प्रदान गरिसकिएको...बाँकी अंश →


प्रतिनिधिसभाको बैठक बुधबार बस्ने

काठमाडौँ, २४ असार  ,,  प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिनुभयो । त्यसअघि संघीय संसद्...बाँकी अंश →


सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

काठमाडौँ, २४ असार  ,,  पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल...बाँकी अंश →


पाँच हजार छ सय सवारी साधन कारवाहीमा

रसुवा, २४ असार  ,,  ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ । सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार...बाँकी अंश →


हङकङलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौँ, २४ असार   ,,   नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि सन् २०१७...बाँकी अंश →


पन्ध्र हजार बिरुवा वितरण गर्ने

लमही, २४ असार   ,,  दाङको तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष पन्ध्र हजार बिरुवा वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको कृषि महाशाखाले यस वर्ष विभिन्न प्रजातिका १५ हजार बिरुवा किसानलाई वितरण गर्ने भएको हो । किसानहरुले गरेको मागका आधारमा बिरुवा खरीद गर्न लागिएको महाशाखाका कृषि अधिकृत कुलराज दहितले बताउनुभयो । “हामीले किसानको...बाँकी अंश →


‘खाता खोलौँ’ अभियान प्रभावकारी भएन

गलेश्वर, २४ असार  ,,  सरकारले ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गरेको तीन महीना पूरा भइसक्दा पनि म्याग्दीका ग्रामीण क्षेत्रका जनतासम्म यो पुग्न सकेको छैन । ‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले वैशाख एक गतेदेखि शुरु गरेको यो अभियानलाई सरोकारवालाले बेवास्ता गर्दा ग्रामीण भेगका जनता यसबाट...बाँकी अंश →


चाम्बासदेखि शिखर कटेरी मार्ग स्तरोन्नति

तनहुँ, २४ असार   ,,  नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ । उक्त मार्ग डुम्रे–बेँसीशहर खण्डमा रहेको वडा नं–३ स्थित चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ । वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या...बाँकी अंश →


भीमसेन थापा स्मृति पुरस्कार प्रा डा वैद्यलाई

काठमाडौँ, २४ असार   ,,  यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । विगत पाँच दशकदेखि नेपालको इतिहाससम्बन्धी अनुसन्धानात्मक पुस्तक एवं लेख प्रकाशित गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिने भएको हो । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले प्रदान गर्ने...बाँकी अंश →


जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा

काठमाडौँ, २४ असार    ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको...बाँकी अंश →


जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा

काठमाडौँ, २४ असार  ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा...बाँकी अंश →


विकट गाउँका टोलटोलमा सौर्यबत्ती

पर्वत, २४ असार   ,,  पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter