१० चैत २०८२

समाचार

प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

दमौली, २६ असार  ,,  सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो ।...बाँकी अंश →


कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड...बाँकी अंश →


गाँजासहित एक पक्राउ

धादिङ, २६ असार  ,,  गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । प्रतिबन्धित गाँजा ओसारपसारमा...बाँकी अंश →


विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

परासी, २६ असार  ,,  पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध...बाँकी अंश →


ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

ललितपुर, २६ असार  ,,  ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक...बाँकी अंश →


सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

काभे्रपलाञ्चोक, २६ असार  ,,  तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय...बाँकी अंश →


ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २६ असार  ,,  पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् । पूर्वतर्फ गइरहेको ना ५ ख...बाँकी अंश →


छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा

सप्तरी, २६ असार   ,,  बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि...बाँकी अंश →


नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ । नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण भएको ३२ वर्षपछि उपभोक्ताले सिँचाइ सुविधा पाउने देखिएको हो । यसअघिसम्म आयोजनाको मुहानमा निर्माण गरिने बाँध पटकपटक भत्किने गरेका कारण उपभोक्ता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।...बाँकी अंश →


चार विधेयक पारित

काठमाडौँ, २५ असार  ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पारित भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको सभाको बैठक डेढ घण्टापछि २ः३० बजे मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु...बाँकी अंश →


दुई क्विन्टल म्याद गुज्रेको सामान नष्ट

लहान, २५ असार   ,,  संयुक्त अनुगमन टोलीले सिरहा सदरमुकामस्थित विभिन्न पसलबाट करीब रु एक लाख मूल्य बराबरको म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, जिल्ला प्रहरी...बाँकी अंश →


राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै

एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter