
स्याङ्जा, २६ असार ,, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा...बाँकी अंश →

चितवन, २६ असार ,, वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या भएपछि मौरीका लागि चाहिने आहारा किनेर खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख...बाँकी अंश →

सङ्खुवासभा, २६ असार ,, चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्राणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ । उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपाल सरकार...बाँकी अंश →
काठमाडौँ, २६ असार ,, सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो...बाँकी अंश →

काठमाडौँ, २६ असार ,, नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले जनाएको छ । आगामी साउन २६ देखि २८ सम्म ललितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने...बाँकी अंश →
तेहरान, २६ असार ,, इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि...बाँकी अंश →
गलकोट, २६ असार ,, पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोअनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र १३५ लैङ्गिक हिंसाका...बाँकी अंश →
धादिङ, २६ असार ,, धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्नुभएका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको छ । धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते...बाँकी अंश →
डोटी, २६ असार ,, डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच...बाँकी अंश →

२६ असार ,, अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् । तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताउनु भएको छ सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त समाचारमा जनाइएको...बाँकी अंश →
काठमाडौँ, २६ असार ,, प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै...बाँकी अंश →

पोखरा, २६ असार ,, विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको पोखराको प्रसिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन । भद्रकाली मन्दिर परिसरस्थित गणेश तथा भद्रकाली मन्दिरलाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले मन्दिरका चारै भित्ता चर्केको छ भने वरपरका पाटी तथा सत्तलमा समेत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: