०९ चैत २०८२

समाचार

रु ३८ अर्ब राजश्व सङ्कलन

विराटनगर, १२ साउन  ,,  विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ । रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब...बाँकी अंश →


व्यावसायिक दूध उत्पादन

रुकुमपूर्व, १२ साउन  ,,  मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो । बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र...बाँकी अंश →


बिरुवाबाट मनग्य आम्दानी

जाजरकोट, १२ साउन  ,,  जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो । नलगाड...बाँकी अंश →


इमाडोल–लामाटार सडक विस्तार सुस्त

काठमाडौँ, १२ साउन  ,,  इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ । काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका...बाँकी अंश →


राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाडौँ, १२ साउन  ,,  राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने...बाँकी अंश →


सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन ः यादव

काठमाडौँ, १२ साउन  ,,  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताउनुभयो । संयोजक...बाँकी अंश →


कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

खलङ्गा, १२ साउन  ,,  कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो...बाँकी अंश →


महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने

चिप्लेढुङ्गा, १२ साउन  ,,  गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो...बाँकी अंश →


रङ्गशाला निर्माणाका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग

रत्ननगर, १२ साउन  ,,  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस¬–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाका २९ वटै वडाका...बाँकी अंश →


सधैँ सडकको सास्तीमा कपनवासी

काठमाडौँ, १२ साउन  ,,  चाबहिलबाट सरस्वती नगर हुँदै कपन पुग्ने सडकको अवस्था निकै दयनीय छ । सडकमा ठूल्ठूला खाल्डा, घुडाँसम्म आउने हिलो र खाल्डामा पानी जमेकोे छ । सडकमा खाल्डाखुल्डीका साथै हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने त अवस्था छैन । ठूल्ठूला खाल्डाले विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई...बाँकी अंश →


धोबिया टोलवासीको पीडा : दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य

वीरगञ्ज, १२ साउन  ,,  प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन । सो दशगजा क्षेत्रमा रहेका करीब...बाँकी अंश →


स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र

खलङ्गा, १२ साउ  ,,  जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter