
चौतारा, १६ साउन भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म ७० हजार १८८ परिवार नयाँ आवासगृहमा बस्न थालेका छन् । कूल लाभग्राही सूचीमा परेकामध्ये ७९.१ प्रतिशतको तेस्रो किस्ता भुक्तानी लिई नयाँ आवासगृहमा बस्न थालेका हुन् । लाभग्राही सूचीमा रहेका ८८ हजार २७३ मध्ये दुई...बाँकी अंश →

बेझाड, १६ साउन जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई...बाँकी अंश →

मेलम्ची, १६ साउन सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा...बाँकी अंश →

गाईघाट, १६ साउन असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर,...बाँकी अंश →
काठमाडौँ, १६ साउन अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउनुभयो । उहाँले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास...बाँकी अंश →
भक्तपुर, १६ साउन भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गाडी सडकबाट...बाँकी अंश →

समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले मस्जिदमा नमाज पढ्दा र...बाँकी अंश →

काठमाडौँ, १६ साउन प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई आज बिहान पक्राउ गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन...बाँकी अंश →
डोटी, १६ साउनजिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिनुभएको हो ।...बाँकी अंश →

दमौली, १६ साउन व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो । नगरपालिकाको रु पाँच लाखको बजेटमा एक हप्तादेखि झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम...बाँकी अंश →
हेटौँडा, १६ साउन मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले...बाँकी अंश →

इलाम, १५ साउन ,, पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताउनुभएको छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उहाँले भन्नुभयो, “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: