
सुर्खेत, १७ साउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल...बाँकी अंश →

मुग्लिन, १७ साउन चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर...बाँकी अंश →

बाजुरा, १७ साउन लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...बाँकी अंश →

काभ्रेपलाञ्चोक, १७ साउन टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद...बाँकी अंश →

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।...बाँकी अंश →

काठमाडौँ, १६ साउन काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् । चोरी गरी ल्याउँदै...बाँकी अंश →

वासिङ्टन, १६ साउन (रासस-एएफपी) – संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ । अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी...बाँकी अंश →

वासिङ्टन, १६ साउन (रासस-एएफपी) – आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए । अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन...बाँकी अंश →

काबुल, १७ साउन (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो । राजधानी काबुलको...बाँकी अंश →

जिल्लाको रातु, मरहा र औरही नदीमा आएको बाढीले ६ हजार ११२ मिटर तटबन्ध बगाएको छ । जनताको तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका अनुसार रातु नदीले चार हजार १७ मिटर, औरही नदीले दुई हजार ५० र मरहा नदीले ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाउनाका साथै क्षतिग्रस्त बनाएको छ । सोबाट रु...बाँकी अंश →

धम्बोझी, १६ साउन एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । नेपालगञ्जका नौ वटा पसल र...बाँकी अंश →

काठमाडौँ, १६ साउन मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: