०९ चैत २०८२

समाचार

सडक सौर्यबत्ती जडान शुरु

खोटाङ, २० साउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत रु एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरु गरिएको हो । रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई...बाँकी अंश →


सार्वजनिक शौचालयमा किराना पसल

डोटी, २० साउन जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी...बाँकी अंश →


बागलुङलाई ‘सडक मानवरहित’ बनाइने

बागलुङ, २० साउन बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”,...बाँकी अंश →


एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

पर्वत, २० साउन गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा...बाँकी अंश →


प्रवासवाट नै हजयात्रामा जान मांग

प्रवास संवाददाता,केयरखबर विदेशी मरुभूमिमा कार्यरत रहेका नेपाली मुस्लिमहरुले प्रवास वाट नै हजयात्रामा जान पाउने मांग गरिएको छ । नेपालिज मुस्लिम सोसाईटी यू ए ई ले आफ्नो विज्ञप्ति जारी गर्दै उक्त कुराको मांग गरेको छ । सोसाईटीका अध्यक्ष शाहनवाज अख्तर द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रवासमा रहेका नेपाली कामदारहरुको पनि चाहना बमोजिम सबै...बाँकी अंश →


सामुदायिक अस्पताल बनाउन जग्गा प्राप्त

  सोलुखुम्बु, २० साउन सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि १२ रोपनी जग्गासमेत प्राप्त भएको अभियन्ता डा राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । सल्लेरीमा सञ्चालित सोलुहेल्थ केयर सेन्टरले रु १६ लाखमा खरीद गरेको उक्त जग्गा अस्पताललाई निःशुल्क दान गरेको सेन्टरका...बाँकी अंश →


मुस्लिम हरु को लागि पर्व (इदुल अज़हा ) को बिदा नैसर्गिक अधिकार हो

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद उल अजहा(बकर ईद) यहि २७ गते सोमबार पर्दैछ मेरो र सङ्गठन को तर्फबाट बकर ईद को शुभकामना, मुबारकवाद व्यक्त गर्दछु। सम्पुर्ण धर्मावलम्बी हरुको पर्व को दिन नेपाल सरकारले सार्वजनिक बिदा दिनु पर्दछ यो सम्पुर्ण धर्मावलम्बी हरु को नैसर्गिक अधिकार हो राज्यले सबै धर्मावलम्बी हरुलाइ...बाँकी अंश →


रोल्पाकै पहिलो महिला अधिवक्ता

रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बन्नुभएको छ । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बन्नुभएको हो । अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले चौथो स्थान हासिल गर्नुभयो । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत...बाँकी अंश →


अमेरिका र तालिबानबीच दोहामा वार्ता जारी

दोहा, १९ साउन संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ । अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण...बाँकी अंश →


सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली सरकार

सुर्खेत, १९ साउन सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ । त्यसैका लागि प्रदेश सरकारले आज बिहान काठमाडौँमा बृहत् छलफल गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी (क्रीस)को...बाँकी अंश →


कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री डा खतिवडा

ललितपुर, १९ साउन अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीमा उहाँले कर प्रणालीलाई वैज्ञानिक बनाउने र एकीकरण गर्ने सन्दर्भमा सुधारको प्रयास भइरहेको जानकारी...बाँकी अंश →


असफल प्रेमले सडकमा पुगेका पूर्व नासु

काठमाडौँ, १९ साउन दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो । उहाँको एक युवतीसँग गहिरो प्रेम थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter