०९ चैत २०८२

समाचार

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

काठमाडौँ, २१ साउन नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै...बाँकी अंश →


प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

काठमाडौँ, २१ साउन भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली...बाँकी अंश →


पत्रकार पुडासैनी मृत भेटिए

भरतपुर, २१ साउन माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द...बाँकी अंश →


बम विष्फोट गराएको अभियोगमा पक्राउ

बेत्रावती, २१ साउन नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ । प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला...बाँकी अंश →


मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु

खोटाङ, २१ साउन  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेकोे छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो । पहिलो दिन चार वटा हटाइएको र...बाँकी अंश →


सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

काठमाडौँं, २० साउन साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो...बाँकी अंश →


श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो, २० साउन  श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु...बाँकी अंश →


एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो – मेक्सिकाली विदेशमन्त्री

मेक्सिको सिटी, २० साउन  मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताउनुभएको छ । उहाँले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिनुभएको छ । अमेरिकाको टेक्सासस्थित एल पासोको...बाँकी अंश →


बन्द राजमार्ग खुला

रसुवा, २० साउन माथिबाट राजमार्गमा ठूलो ढुङ्गा लडेका कारण आज बिहान रसुवामा भएको सवारी दुर्घटनामा परी घाइते चालकको थप उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार घाइते हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं ४ निवासी ३५ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन्...बाँकी अंश →


नागपोखरीमा मेला

काठमाडौँ, २० साउन  काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा...बाँकी अंश →


जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश

नयाँ दिल्ली, २० साउन भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री...बाँकी अंश →


हवाई कारबाहीमा सात लडाकू मारिए

२० साउन  अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको. शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ । प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिनु भएको छ । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter