
काठमाडौँ, २२ साउन ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले...बाँकी अंश →

वीरगञ्ज, २२ साउन पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै...बाँकी अंश →

सुर्खेत, २२ साउन वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका मुस्तफा मियाँ विसं २०६३ देखि मदरसा मदिना माध्यमिक विद्यालयमा पढाउँदै आउनुभएको छ । मदरसामा शिक्षण गर्नुका साथै उहाँलाई आफ्नो पारिश्रमिक आफँै जुटाउनुपर्ने बाध्यता छ । “११ वर्षसम्म आफँै चन्दा सङ्कलन गरेर पढाएँ, तीन वर्षयता थोरै भए पनि अनुदानबाट प्राप्त बजेटबाट तलब पाउन थालेको छु”,...बाँकी अंश →

परासी, २२ साउन सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका...बाँकी अंश →

सप्तरी, २२ साउन सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले...बाँकी अंश →

२१ साउन अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ । सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ । यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस वर्ष त चुनावी हिसा...बाँकी अंश →
चितवन, २१ साउन जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३,...बाँकी अंश →

वासिङ्टन, २१ साउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको...बाँकी अंश →

मापुतो, २१ साउन मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ । सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक...बाँकी अंश →

त्रिपोली, २१ साउन युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको...बाँकी अंश →

लापाज, २१ साउन दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो । बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी...बाँकी अंश →

मन्ट्रियल, २१ साउन क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ । यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: