०९ चैत २०८२

समाचार

पहिरोले लघुजलविद्युत् आयोजना बन्द

बेझाड, २२ साउन  सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका...बाँकी अंश →


लाखौँको धनमाल चोरी

बर्दिवास, २२ साउन महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य...बाँकी अंश →


यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ साउन ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले...बाँकी अंश →


अवैध हुण्डीको कारोवार बढ्दै

वीरगञ्ज, २२ साउन पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै...बाँकी अंश →


चन्दा सङ्कलनबाट मदरसा सञ्चालन

सुर्खेत, २२ साउन वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका मुस्तफा मियाँ विसं २०६३ देखि मदरसा मदिना माध्यमिक विद्यालयमा पढाउँदै आउनुभएको छ । मदरसामा शिक्षण गर्नुका साथै उहाँलाई आफ्नो पारिश्रमिक आफँै जुटाउनुपर्ने बाध्यता छ । “११ वर्षसम्म आफँै चन्दा सङ्कलन गरेर पढाएँ, तीन वर्षयता थोरै भए पनि अनुदानबाट प्राप्त बजेटबाट तलब पाउन थालेको छु”,...बाँकी अंश →


विप्लव समूहका जिल्ला नेता पक्राउ

परासी, २२ साउन सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका...बाँकी अंश →


बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी, २२ साउन सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले...बाँकी अंश →


राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

२१ साउन  अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ । सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ । यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस वर्ष त चुनावी हिसा...बाँकी अंश →


३१ जनामा डेङ्गु सङ्क्रमण

चितवन, २१ साउन जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३,...बाँकी अंश →


भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश

वासिङ्टन, २१ साउन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको...बाँकी अंश →


मोजाम्बिकको विद्रोही समूह रेनामोसँग शान्ति सम्झौताको तयारी

मापुतो, २१ साउन मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ । सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक...बाँकी अंश →


लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

त्रिपोली, २१ साउन युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter