०३ पुष २०८२

समाचार

हुलाक बचत बैंकमा पाँच करोड निक्षेप

कलैया, २३ साउन  बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज...बाँकी अंश →


सिङ्गो गाउँ अन्धकारमा

बलेवा, २३ साउन बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ,...बाँकी अंश →


सुर्खेतमा ‘बालिका बचाउ अभियान’ शुरु

सुर्खेत, २३ साउन  गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानूनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था भिएसओ÷आइसीएसको सहयोगमा यहाँका नौ वटै स्थानीय तहका समुदाय र विद्यालयमा अभियान सञ्चालन गरिनेछ...बाँकी अंश →


चार हजारलाई नागरिकता

हेटौँडा, २३ साउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो । स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता...बाँकी अंश →


सेब भलिबल आजदेखि

काठमाडौँ, २३ साउन सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । एक सय १७ टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।...बाँकी अंश →


बसपार्कको पहिलो चरणको निर्माण पूरा

तुलसीपुर, २३ साउन करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ । रु १० करोड ५० लाख लागतमा...बाँकी अंश →


विद्यालयमा तालाबन्दी

जाजरकोट, २३ साउन यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक...बाँकी अंश →


राहत सामग्री चोरी गर्ने चार पक्राउ

गोरखा २३, साउन जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने...बाँकी अंश →


पसलमा आगजनी, डेढ करोड क्षति

राँझा, २३ साउन नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो । आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु डेढ करोडको क्षति भएको...बाँकी अंश →


काबुलमा विस्फोट कम्तीमा ९५ व्यक्ति घाइते

२२ साउन ९ अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ । अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिाबानबीच शान्ती सम्झौता हुने आशा...बाँकी अंश →


तान्जानियाबाट मह निकासीको पहल

दार ए सलाम, २२ साउन  तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ । आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ...बाँकी अंश →


भानुआटुमा शक्तिशाली भूकम्प

२२ साउन प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter