
पोखरा, २४ साउन जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाउनुभएको छ । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक,...बाँकी अंश →

नेपालगञ्ज, २४ साउन बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका...बाँकी अंश →

रुकुमपूर्व, २४ साउन रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाँै, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताउनुभयो । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट...बाँकी अंश →

चितवन, २४ साउन भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल...बाँकी अंश →

कावासोती, २४ साउन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।...बाँकी अंश →

सुरुङ्गा, २४ साउन झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु...बाँकी अंश →

भद्रपुर, २४ साउन मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र रु पाँच लाख ३० हजार जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको...बाँकी अंश →

सर्लाही २४ साउन सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ । मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा...बाँकी अंश →

विराटनगर, २४ साउन प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभा गठन भएयता ३३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सात वटा बढी विधेयक प्रमाणीकरण भएकोे छ । अघिल्लो आवमा १३ विधेयक प्रमाणीकरण गर्नुभएका प्रमुख तुम्बाहाङले आव २०७५÷७६ को असार...बाँकी अंश →

बाँके, २४ साउन नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा...बाँकी अंश →
धादिङ (गजुरी), २४ साउन सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक...बाँकी अंश →

कास्की, २३ साउन व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु. २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ । वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: