
चिप्लेढुङगा, २६ साउन नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य...बाँकी अंश →

मध्यपुरथिमि, २६ साउन नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो । छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार...बाँकी अंश →

न्यूयोर्क, २६ साउन बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् । एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि...बाँकी अंश →

रुकुमपूर्व, २६ साउन केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ । ‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उहाँले भन्नुभयो, “अहिले...बाँकी अंश →

डोटी, २६ साउन ९ कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले...बाँकी अंश →

विराटनगर, २६ साउन नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य...बाँकी अंश →

काठमाडौँ, २६ साउन प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा...बाँकी अंश →

काठमाडौँ, २६ साउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उहाँले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताउनुभयो । प्रधानन्यायाधीश राणाले...बाँकी अंश →

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो म्यानमार, २६ साउन म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार ब्हिानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष...बाँकी अंश →

विराटनगर, २६ साउन इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले...बाँकी अंश →

जाजरकोट, २६ साउन जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्यसम्बन्धी सामान्य तालीम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले...बाँकी अंश →

डोटी, २६ साउन जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “लक्षित...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: