०४ पुष २०८२

समाचार

फरार दुई बलात्कार आरोपित पक्राउ

काभ्रेपलाञ्चोक, २९ साउन पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक...बाँकी अंश →


श्रीमतीको हत्या गरी श्रीमान् फरार

इनरुवा, २९ साउन सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरमा कोही...बाँकी अंश →


आठ हजार गाँजाको बोट नष्ट

भक्तपुर, २९ साउन सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताउनुभयो । स्थानीय बासिन्दाको...बाँकी अंश →


महायज्ञबाट बीस लाख सङ्कलन

बनेपा, २९ साउन श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट रु २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ । यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद रु २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक रु आठ...बाँकी अंश →


लाखे नाच्ने मान्छे छैनन्

बागलुङ, २८ साउन जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा हुनुहुन्थ्यो, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उहाँलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उहाँ सोही साँझ पोखरा फर्कंदै हुनुहुन्थ्यो ।जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे...बाँकी अंश →


सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस...बाँकी अंश →


आल्मुनियमका फर्निचरप्रति आकर्षण

लम्की, २८ साउन काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका हुन् । आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ । आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा...बाँकी अंश →


हवाई आक्रमणमा दश लडाकू मारिए

बग्दाद, २८ साउन  इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेका जनाइएको छ । इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही...बाँकी अंश →


चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

बेइजिङ, २८ साउन  चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । जुलाईमा मात्र अघिल्लो...बाँकी अंश →


बालविवाहविरुद्ध किशोरी क्लब

राँझा, २८ साउन  बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरुले माग गरेका छन् । सोह्र वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन् । “कम...बाँकी अंश →


लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने

काठमाडौँ, २८ साउन लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो । सवारी तथा यातायात...बाँकी अंश →


अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला फागुनमा

बागलुङ, २८ साउन गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter