०९ चैत २०८२

समाचार

सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल

सुर्खेत, २९ साउन  वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना । नाममात्रको अस्पतालका कारण सामान्य प्रकृतिका बिरामीलाई समेत नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा सिफारिश गर्नुपर्ने बाध्यता थियो । मेडिकल रेकर्डर अधिकृत...बाँकी अंश →


वैज्ञानिक कुँवरलाई भौतिकशास्त्रमा सफलता

गलेश्वर, २९ साउन भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कँुवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही...बाँकी अंश →


फरार दुई बलात्कार आरोपित पक्राउ

काभ्रेपलाञ्चोक, २९ साउन पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक...बाँकी अंश →


श्रीमतीको हत्या गरी श्रीमान् फरार

इनरुवा, २९ साउन सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरमा कोही...बाँकी अंश →


आठ हजार गाँजाको बोट नष्ट

भक्तपुर, २९ साउन सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताउनुभयो । स्थानीय बासिन्दाको...बाँकी अंश →


महायज्ञबाट बीस लाख सङ्कलन

बनेपा, २९ साउन श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट रु २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ । यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद रु २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक रु आठ...बाँकी अंश →


लाखे नाच्ने मान्छे छैनन्

बागलुङ, २८ साउन जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा हुनुहुन्थ्यो, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उहाँलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उहाँ सोही साँझ पोखरा फर्कंदै हुनुहुन्थ्यो ।जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे...बाँकी अंश →


सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस...बाँकी अंश →


आल्मुनियमका फर्निचरप्रति आकर्षण

लम्की, २८ साउन काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका हुन् । आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ । आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा...बाँकी अंश →


हवाई आक्रमणमा दश लडाकू मारिए

बग्दाद, २८ साउन  इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेका जनाइएको छ । इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही...बाँकी अंश →


चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

बेइजिङ, २८ साउन  चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । जुलाईमा मात्र अघिल्लो...बाँकी अंश →


बालविवाहविरुद्ध किशोरी क्लब

राँझा, २८ साउन  बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरुले माग गरेका छन् । सोह्र वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन् । “कम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter