०४ पुष २०८२

समाचार

भुक्तानी पाएनन् उखु किसानले

नवलपरासी, २९ साउन पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले २०७५ सालमा करीब रू ७० करोड र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करीब रु चार करोडको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको...बाँकी अंश →


किराँती सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा

खोटाङ, २९ साउन किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको उच्च जोखिममा परेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्र गर्न फराकिलो बनाएपछि भित्तापट्टिको भाग क्रमशः झर्ने क्रम नरोकिँदा ऐतिहासिकस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा परेको हो । निरन्तर पहिरो झरिरहने तुवाचुङ–जायजुमको तल्लो भेग बर्खेटारमा यस वर्ष गत असार २६ गते राति सडकमा...बाँकी अंश →


हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

अफगानिस्तान, २९ साउन  अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिनुभएको छ । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।...बाँकी अंश →


इथियोपियामा कफी पार्क निर्माणको तयारी

आदिस अबाबा, २९ साउन  इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाला कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन यस पार्कले सहयोग गर्ने विश्वास लिइएको छ । यो प्रस्तावित कफी पार्क निर्माणका लागि पाँच करोड अमेरिकी डलर पर्नेछ । इथियोपियाको...बाँकी अंश →


सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

रियो डे जेनेरो, २९ साउन   सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ । सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन्...बाँकी अंश →


खेलमैदान निर्माणमा दलीय आरोप–प्रत्यारोप

रोल्पा, २९ साउन खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो । प्रदेश नं ५ सरकारको रु...बाँकी अंश →


‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

कावासोती, २९ साउन पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको...बाँकी अंश →


वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

पोखरा, २९ साउन सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो ।...बाँकी अंश →


एउटै वडामा ६० लाई डेङ्गु, नियन्त्रण अभियानमा सेना–प्रहरी

हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी...बाँकी अंश →


पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

गोरखा, २९ साउन सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य...बाँकी अंश →


सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल

सुर्खेत, २९ साउन  वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना । नाममात्रको अस्पतालका कारण सामान्य प्रकृतिका बिरामीलाई समेत नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा सिफारिश गर्नुपर्ने बाध्यता थियो । मेडिकल रेकर्डर अधिकृत...बाँकी अंश →


वैज्ञानिक कुँवरलाई भौतिकशास्त्रमा सफलता

गलेश्वर, २९ साउन भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कँुवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter