०४ पुष २०८२

समाचार

मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइयो

काठमाडौँ, १० भदौ  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको...बाँकी अंश →


सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान

पर्वत, १०   साउन बिहान १०ः०० बजे कार्यालय समय शुरु हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रियगान बज्छ । राष्ट्रियगानको धुनमा सबै कर्मचारी उठ्छन् र कामकाज शुरु हुन्छ । राष्ट्रियगानको शुरुआतबाट कार्यालयको कामकाज शुरु गर्ने मात्रै होइन, सबै कर्मचारीको ढोका र कोटमा नेमप्लेट झुण्ड्याइएको छ । कार्यालय सहयोगीदेखि सिडिओसम्मको कोटमा नेमप्लेट झुण्डिएपछि सेवाग्राहीले...बाँकी अंश →


अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

बाँके, १० भदौ जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ । गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका...बाँकी अंश →


तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

दमौली, १० भदौ  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो ।...बाँकी अंश →


रु ३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

राँझा, १० भदौ  बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको...बाँकी अंश →


पुलबाटै गुड्न थाले गाडी

कावासोती, १० भदौ  क ठोक्ँिकदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय...बाँकी अंश →


तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

दमौली १० भदौ   एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका...बाँकी अंश →


सम्पदाबारे जानकारी दिन पदयात्रा

ललितपुर, १० भदौ   ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा...बाँकी अंश →


लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु

म्याग्दी, १० भदौ  जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन जेभीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम शुरु गरेको छ । मङ्गला गाउँपालिका–२...बाँकी अंश →


पारिश्रमिकको रकम सामाजिक संस्थालाई

खोटाङ, १० भदौ  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन...बाँकी अंश →


चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा बनाउन भ्याइनभ्याई

तनहुँ, १० भदौ  व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ । विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन...बाँकी अंश →


पोखरामा प्रदेशस्तरीय छेलो प्रतियोगिता हुने

कास्की, १० भदौ  विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो (ठेलो) प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज मेलामा यही भदौ १४ गते गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter