
काठमाडौँ, १० भदौ काठमाडौँ, १० भदौ (रासस) ः देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको...बाँकी अंश →

बेत्रावती, १० भदौ नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन...बाँकी अंश →

भीमदत्तनगर, १० भदौ महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम दिलाउन स्थानीय तह अग्रसर भएका छन् । महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत यहाँको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा गरी १५ किलोमिटर मुलनहर निर्माण भइरहेको छ । “मुलनहर निर्माणका क्रममा यहाँ वर्षौदेखि भोगचलन गर्दै आएका विपन्न परिवारलाई...बाँकी अंश →

काठमाडौँ, १० भदौ पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला...बाँकी अंश →

परासी, १० भदौ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उहाँले भन्नुभयो, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक...बाँकी अंश →

सुर्खेत, १० भदौ स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी अंश →

काठमाडौँ, १० भदौ विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि...बाँकी अंश →

गाईघाट, १० भदौ उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गर्नुभएको छ । नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो...बाँकी अंश →

मान्म, १० भदौ तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय...बाँकी अंश →

परासी, १० भदौ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सम्मान गरिएको छ । स्तुपको विकासमा योगदान पु¥याएको भन्दै उहाँलाई आज नेपाल पर्यटन पत्रकार महासङ्घ पश्चिम नवलपरासी शाखा र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले संयुक्तरूपमा सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरेका हुन् । भगवान् गौतमबुद्धको अस्तुधातु रहेको...बाँकी अंश →

हेटौँडा, १० भदौ प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको...बाँकी अंश →

भद्रपुर, १० भदौ अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: