०४ पुष २०८२

समाचार

विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ ः उपप्रधानमन्त्री उपेन्द्र यादव

वीरगञ्ज, १० भदौ  उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रदेश नं २ को विकास र समृद्धिका लागि तिन वटै...बाँकी अंश →


खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाटै सापटी

काभ्रेपलाञ्चोक, १० भदौ  पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले कूल योजनाको पाँच...बाँकी अंश →


बेसहारालाई घर

बागलुङ, १० भदौ  गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो । न सम्पत्ति न कमाइ । सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टथ्र्यो । रामजाली र उहाँकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो । वृद्ध...बाँकी अंश →


रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

घोडाघोडी, १० भदौ  आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्नेमा गाईवस्तु...बाँकी अंश →


प्राविधिक विषयको पढाइ शुरु

डोटी, १० भदौ   जिल्लाका विभिन्न छस्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरु भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका जोरायल गाउँपालिका–५स्थित नबोदय माविमा, पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इञ्जिनीयरिङ, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा आइएस एजी, दिपायल सिलगढी नगरपालिका–४ मै रहेको...बाँकी अंश →


स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

दमौली, १० भदौ    स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ । उक्त खण्डअन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे...बाँकी अंश →


न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने

बलेवा, १० भदौ  न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढ्ने सपना...बाँकी अंश →


ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

ललितपुर, १० भदौ   पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी...बाँकी अंश →


सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

बझाङ, १० भदौ  छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन...बाँकी अंश →


प्रारम्भिक शिक्षा कार्यक्रमलाई समन्वय समिति

चिप्लेढुङ्गा, १० भदौ  कास्कीमा सञ्चालन भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कास्की मातह सञ्चालित कार्यक्रम प्रभावकारीसँगै उपलब्धि मुलक बनाउन र अनुगमका लागि जिल्लास्तरीय नौ सदस्यीय समिति गठन गरिएको हो । समितिको संयोजकमा शिक्षा विकास तथा समन्वय एकाइ...बाँकी अंश →


आलेख ः कारागारमा सिसिटिभीदेखि विद्युतीय हाजिरीसम्म

काठमाडौँ, १० भदौ  काठमाडौँ, १० भदौ (रासस) ः देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको...बाँकी अंश →


बालक खोलामा बेपत्ता

बेत्रावती, १० भदौ  नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter