
मुसिकोट, ११ भदौ रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् । हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा...बाँकी अंश →

सुरुङ्गा, ११ भदौ झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो । “जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”,...बाँकी अंश →

दमौली, ११ भदौ महर्षि वेदव्यासको १०८ फिटको मूर्ति उभिएको आकारमा बनाउन उपयुक्त रहेको सुझाव दिइएको छ । वेदव्यासको मूर्तिको आकार कस्तो बनाउने भन्ने विषयमा विवाद भइरहेको अवस्थामा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँले आयोजना गरेको विद्वत परामर्श सभाका वक्ताले धार्मिकशास्त्रअनुसार उभिएको आकारमा वेदव्यासको मूर्ति बनाउन उपयुक्त हुने सुझाव दिनुभएको हो...बाँकी अंश →

इनरुवा, ११ भदौ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले...बाँकी अंश →

बाँके, ११ भदौ पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै...बाँकी अंश →

म्याग्दी, ११ भदौ रघुगङ्गा गाउँपालिकाले छोरीलाई मासिक रु १०० पेवा दिने कार्यक्रम ल्याएको छ । बालविवाह न्यूनीकरण, संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, सहकारीको प्रवद्र्धन, बचत गर्ने बानीको विकास, गर्भमा लिङ्ग पहिचान गरेर भ्रुणहत्या गर्ने र लैङ्गिक विभेदको सामाजिक समस्या घटाउन पेवा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । आठै...बाँकी अंश →

गलकोट, ११ भदौ भूपि शेरचन राजमार्गको पर्वत–बेनी सडक दैनिक साढे आठ घण्टा बन्द भएपछिको वैकल्पिक मार्ग ठूला सवारीसाधनका लागि जोखिमपूर्ण देखिएको छ । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न यही भदौ ५ गतेदेखि बिहान ७ः०० देखि ९ः०० र १०ः०० बजेदेखि साढे...बाँकी अंश →

कञ्चनपुर, ११ भदौ भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव...बाँकी अंश →

रुकुमपूर्व, ११ भदौ यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । जहाँ एक वडामा पनि...बाँकी अंश →

धनगढी, ११ भदौ सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।...बाँकी अंश →

सल्यान, ११ भदौ जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि अभियान थालेका हुन् । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका...बाँकी अंश →

काठमाडौँ, ११ भदौ पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गर्नुभएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: