
चितवन, ११ भदौ तीन पुल निर्माण सम्पन्न नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका...बाँकी अंश →

म्याग्दी, ११ भदौ म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका...बाँकी अंश →

जलेश्वर, ११ भदौ महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर...बाँकी अंश →

परासी, ११ भदौ नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल...बाँकी अंश →

डोटी, ११ भदौ जिल्ला दर निर्धारण समितिको सडक निर्माणसम्बन्धी निर्णयविरूद्ध उच्च अदालत दिपायलमा मुद्दा दायर गरिएको छ । जोरायल गाउँपालिका–२ का वडासदस्य महेन्द्र थापामगरले दररेट निर्धारण समिति, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलविरुद्ध मुद्दा दायर गर्नुभएको हो । उच्च अदालत दिपायल राजपुरले जिल्ला दररेट निर्धारण...बाँकी अंश →

लहान, ११ भदौ उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो । आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण...बाँकी अंश →

काठमाडौँ, ११ भदौ नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले...बाँकी अंश →
सुर्खेत, ११ भदौ जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल...बाँकी अंश →

कावासोती, ११ भदौ भूमिगत स्रोतबाट नवलपरासीपूर्व नवलपुरको एक हजार हेक्टर बढी क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिने भएको छ । जिल्लामा रहेका खेतीयोग्य जमीनमा सिँचाइको उचित प्रबन्ध नहुँदा राम्रो उत्पादन लिन नसकिएकाले भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयले ‘ट्युवेल’ गाड्ने कामलाई प्राथमिकता दिएको छ । कार्यालयले गत आर्थिक वर्षमा गाडिएका ‘ट्युवेल’बाट नवलपुरको ३२८...बाँकी अंश →

बनेपा, ११ भदौ काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न...बाँकी अंश →

मुसिकोट, ११ भदौ रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् । हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा...बाँकी अंश →

सुरुङ्गा, ११ भदौ झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो । “जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: