०५ पुष २०८२

समाचार

पहिरोपीडितलाई आर्थिक सहयोग

दोलखा, १२ भदौ  जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि आर्थिक सहयोग गरेका हुन् । दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाइमा सङ्कलन भएको रु एक लाख, अष्ट्रेलियामा रहेका जिल्लाका युवा...बाँकी अंश →


विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बझाङ, १२ भदौ  छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भन्नुभयो, “महीनावारी भएका कारणले स्कूल...बाँकी अंश →


साप्सुखोला २ नम्बर पुल उद्घाटन

खोटाङ, १२ भदौ जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हरित सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल बुधबार औपचारिक उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला २ नम्बर पुल प्रदेशसभा सदस्य रामकुमार राईले उद्घाटन गर्नुभएको हो । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला...बाँकी अंश →


सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता

हुम्ला, १२ भदौ  नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

कास्की, १२ भदौ    पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला...बाँकी अंश →


दुर्घटनामा तीनको मृत्यु

हेटौँडा, १२ भदौ    मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा...बाँकी अंश →


जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न...बाँकी अंश →


पाँचथरमा शुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम

फिदिम, १२ भदौ    किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने...बाँकी अंश →


प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने

काठमाडौँ, १२ भदौ  प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रगतिशील युवा नेपालले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल...बाँकी अंश →


ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र

रसुवा, १२ भदौ  गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ । पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको...बाँकी अंश →


ब्राउन सुगरसहित तीन पक्राउ

बनियानी, १२ भदौ  झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...बाँकी अंश →


पत्रकार भट्टराईको टोली द्वारा बिहादीबाट संकलन रकम क्यान्सर पिडित को आफन्तलाई हस्तान्तरण

पर्वत, भाद्र ११ पत्रकार अमृत भट्टराईको टोलीले बिहादीबाट संकलन गरेको रकम क्यान्सर पीडित अप्सरा नेपालीको आफन्तलाई हस्तान्तरण गर्यो । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर का केही युवाहरूले र पर्वतको बिहादी ३ रानीपानीमा रहेको रेडियो सत्यवाणी को अप्सरा नेपाली बचाउ अभियानमा पर्वत बिहादी २ बर्राचौरका युवा रगु हिताङ्ग, अमित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter