०८ चैत २०८२

समाचार

सुनको मूल्यमा गिरावट

काठमाडौँ, १३ भदौ  पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन...बाँकी अंश →


पानी भण्डारण ट्याङ्की बनाइने

ललितपुर, १३ भदौ  ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । “ मङ्गलबजारस्थित वडा नं ११ मा...बाँकी अंश →


शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ, १३ भदौ  राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै नेपाली काँग्रेसका...बाँकी अंश →


गैँडा म¥यो

चितवन, १३ भदौ  चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको...बाँकी अंश →


आन्तरिक पर्यटन भ्रमण वर्ष सफल बनाउन उपसमिति

दमौली, १३ भदौ  गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन ११ जिल्लामा जिल्लास्तरीय उपसमिति गठन गर्न लागिएको हो । सरकारी...बाँकी अंश →


कलुवापुर–बेलौरी सडक कालोपत्र हुने

कञ्चनपुर, १३ भदौ  सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ । कलुवापुर–बेलौरी सडक अवलोकनका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन हटाई यथोचितरुपमा बजेटको व्यवस्था गरिने बताउनुभयो । सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम...बाँकी अंश →


पोल्ट्री महासङ्घद्वारा प्रयोगशाला सञ्चालन

चितवन, १३ भदौ    नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण...बाँकी अंश →


सुडान घोटालाका दोषी भारती पक्राउ

काठमाडौँ, १३ भदौ  नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ...बाँकी अंश →


विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, १३ भदौ  फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली...बाँकी अंश →


समितिका दुई प्रतिवेदन पेश

काठमाडौँ, १३ भदौ  राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् । विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा...बाँकी अंश →


मुस्ताङको चराङमा सिँचाइ

गलेश्वर, १३ भदौ        हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको चराङमा रु एक करोड १४ लाखको लागतमा ‘मेकी युरा सिँचाइ आयोजना’ निर्माण भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो । उक्त आयोजनापछि सिँचाइ अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषक लाभान्वित भएका छन्...बाँकी अंश →


तीन हजार गाँजाको बोट नष्ट

गोरखा, १३ भदौ  जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिनुभयो । प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter