
काभ्रेपलाञ्चोक, १५ भदौ नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले असहाय एवं आर्थिक अवस्था कमजोर भएका दुई जना बालकलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका दुई जना बाबु नभएका बालकलाई प्लसटु विज्ञान सङ्काय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुभएको हो । नमोबुद्ध नपा–४ मेथिनकोटका...बाँकी अंश →

रत्नननगर, १५ भदौ भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी अंश →

मध्यपुरथिमि, १५ भदौ मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि...बाँकी अंश →
चितवन, १५ भदौ पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पैदलयात्रीलाई...बाँकी अंश →

जाजरकोट, १५ भदौ जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका...बाँकी अंश →

पर्वत, १५ भदौ पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध१प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई...बाँकी अंश →

बेझाड, १५ भदौ गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा...बाँकी अंश →

गलेश्वर, १५ भदौ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले राष्ट्रिय समाचार समिति राससका तीन जना म्याग्दी संवाददातालाई सम्मान गरेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न संस्थाको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा रासस गलेश्वर (म्याग्दी) संवाददाता धु्रवसागर शर्मा, बेनी (म्याग्दी) संवाददाता कमल खत्री र (म्याग्दी) का सन्तोष गौतमसहित...बाँकी अंश →

सुरुङ्गा, १५ भदौ विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ । सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा...बाँकी अंश →

दमौली, १५ भदौ तनहँुको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित...बाँकी अंश →
काठमाडौँ, १४ भदौ नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ । निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको...बाँकी अंश →

काठमाडौँ, १४ भदौ विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् । विसं २०६२ भदौ १५ गते स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: