०८ चैत २०८२

समाचार

चाडपर्व नजिकिँएसँगै मासुको मूल्य बढ्यो

बाँके, १७ भदौं  चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको...बाँकी अंश →


सिञ्जा क्षेत्रमा भालु आतङ्क

सिञ्जा, १७ भदौ  जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभयो ।...बाँकी अंश →


प्रसूति केन्द्र स्थापना

म्याग्दी, १७ भदौ  बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर...बाँकी अंश →


फौजी कीराको प्रकोपले किसान चिन्तित

सुरुङ्गा, १७ भदौ  धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक...बाँकी अंश →


आत्मनिर्भर बन्दै महिला

बलेवा, १७ भदौ  बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थाल्नुभएको थियो । उहाँले बाख्रा पालेरै छोराछोरी पढाउनुभयो, घर खर्च चलाउनुभयो र केही तरकारी पनि फलाउनुभयो । कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण...बाँकी अंश →


विशेषज्ञ सेवासहित अस्पताल सञ्चालनको तयारी

फिक्कल, १७ भदौ    इलाममा विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल सञ्चालनको तयारी गरिएको छ । एक मात्र सरकारी जिल्ला अस्पताल रहेको इलाममा निजी क्षेत्रबाट अस्पताल सञ्चालनको तयारी गरिएको हो । युवा व्यवसायी प्रकाश चापागाईँको पहलमा सञ्चालन हुने अस्पताल विशेषज्ञ सेवासहित आइसीयुलगायत अत्यावश्यक सेवा प्रदान गर्ने बताइएको छ । यस विषयमा सरोकारवालासँग...बाँकी अंश →


पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

गलकोट, १७ भदौ  बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्माण अन्तिम चरणमा छ । निर्माणाधीन अवस्थामै रहेको सङ्ग्रालयको सुरुङ हेर्न तथा मन्दिर...बाँकी अंश →


लाखेनाच संरक्षणका लागि पहल

दमौली, १७ भदौ  लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच...बाँकी अंश →


केरा बिक्रीबाट मासिक ५० हजार आम्दानी

गाईघाट, १७ भदौ  पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय...बाँकी अंश →


एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

जाजरकोट, १७ भदौ  वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै...बाँकी अंश →


स्वरुप फेर्दै तुलसीपुर बजार

तुलसीपुर, १७ भदौ  तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भ¥याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको...बाँकी अंश →


‘जङ्कफुड’मा प्रतिबन्ध

सोलुखुम्बु, १७ भदौ  बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन् । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् । सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter