०८ चैत २०८२

समाचार

गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

बनेपा, १८ भदौ  लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष...बाँकी अंश →


साथीबीचको झगडामा एकको मृत्यु

काठमाडौँ, १८ भदौ  काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त...बाँकी अंश →


केन्द्रीय कार्यसमितिको बैठक बिहीबार

काठमाडौँ, १८ भदौ  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →


मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द

पर्वत, १८ भदौ    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा...बाँकी अंश →


डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु

मध्यपुरथिमि, १८ भदौ    सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो । नगर प्रमुख बासुदेव थापाले डेङ्गु...बाँकी अंश →


बसको ठक्करले एकको मुत्यु

खलङ्गा, १८ भदौ  जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


आलु चिस्यान केन्द्र निर्माण

गलकोट, १८ भदौ  उत्पादित आलु भण्डारण गरी बेमौसममा बिक्री गर्न काठेखोला गाउँपालिका–३ धम्जामा सहकारीको अगुवाइमा आलु चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिएको छ । धम्जामा क्रियाशील हिमचुली कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा रु २७ लाखको लागतमा आलु चिस्यान केन्द्र निर्माण गरिएको हो । आलुको पकेट क्षेत्रका रुपमा चिनिने धम्जामा भण्डारणको अभावका...बाँकी अंश →


बाह्र सय कर तिर्न हजाराँै खर्च

जाजरकोट, १८ भदौ  खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उहाँले भन्नुभयो, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु...बाँकी अंश →


पोखरीमा डुबेर मृत्यु

सप्तरी, १८ भदौ  राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई...बाँकी अंश →


बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै

वीरगञ्ज, १८ भदौ    कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका...बाँकी अंश →


नाराको निर्वाचन भदौ २४ मा

काठमाडौँ, १८ भदौ  नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको...बाँकी अंश →


मानव बेचबिखनविरुद्ध अभियान शुरु

डोटी, १८ भदौ  जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिनुभयो । विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter