०७ चैत २०८२

समाचार

लोकतान्त्रिक ढङ्गबाट नचल्दा समस्या

गाईघाट, २४ भदौ  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाउनुभएको छ । प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, सङ्घीयता र गणतन्त्र...बाँकी अंश →


गण्डकी प्रदेशमा डेङ्गु रोगी एक हजारभन्दा बढी

पोखरा,२४ भदौ  गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयोे । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका...बाँकी अंश →


खातुनको उपचारमा कुनै कमी हुन नदिन निर्देशन

काठमाडौँ, २४ भदौ  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ । वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ ।...बाँकी अंश →


मौसमी ज्वरोका बिरामी बढे

सल्यान, २४ भदौ  जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा प्रदीप शर्माले बताउनुुभयो । अस्पताल आउने अधिकांश बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने,...बाँकी अंश →


भरतपुर अस्पतालमा ज्वरो क्लिनिक

चितवन, २४ भदौ    भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । उहाँका अनुसार...बाँकी अंश →


तेमालमा १५ मुद्दाको फैसला

बनेपा, २४ भदौ  तेमाल गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएकामध्ये १५ मुद्दाको फैसला भएको छ । गएको दुई आर्थिक वर्षमा करीब २३ मुद्दा दर्ता भएकामा बाँकी जिल्लामा सिफारिश गरिएको पालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक दुर्गामाया तामाङले बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आउनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालसम्म पुगिसकेको, न्यायिक समितिमा...बाँकी अंश →


हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

बाँके, २४ भदौ    मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन् । बाँकेमा...बाँकी अंश →


आत्महत्या बढ्दै गएपछि रोकथाम अभियान

धादिङ, २४ भदौ  जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई...बाँकी अंश →


सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्ने ः गच्छदार

विराटनगर, २४ भदौ  नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिनुभयो । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान...बाँकी अंश →


शैक्षिक अवस्था सुर्धान स्थानीय सरकार सक्रिय

जाजरकोट, २४ भदौ  शैक्षिक अवस्था सुधार गरी समृद्ध जाजरकोट निर्माण गर्ने उद्देश्यले स्थानीय तहले शैक्षिक बहस कार्यक्रम शुरु गरेका छन् । विद्यालयमा विद्यार्थीको दर बढाउने र सिकाइ उपलब्धि भारी बढाउने उद्देश्यले जिल्लाको भेरी नगरपालिकाले आफ्ना माताहातका सबै विद्यालयका प्रधानाध्यापक र सरोकोरवाला निकायसँग संयुक्तरूपमा अन्तक्र्रिया गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक...बाँकी अंश →


डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, २४ भदौ  नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि...बाँकी अंश →


वन्यजन्तुको अपराध नियन्त्रण गर्न छलफल

भद्रपुर, २४ भदौ  वन्यजन्तुको अपराध नियन्त्रण गर्ने उद्देश्यले झापाको विर्तामोडमा सवारी चालक र यातायातकर्मीसँग छलफल गरिएको छ । हरियाली वन कार्यक्रमअन्तर्गत सामुदायिक वन महासङ्घ, एसआरआइलगायतका संस्थाको आयोजनामा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा वन्यजन्तुका बहुमूल्य वस्तु बोकेर कोही यात्रु चढेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रह गरिएको थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter