०७ चैत २०८२

समाचार

कोटेश्वरका यातायात मजदूरलाई पोशाक

काठमाडौँ, २६ भदौ  कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →


प्रदेश र स्थानीय सरकारको लगानीमा खानेपानी

दमौली, २६ भदौ    दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका–२ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । कूल रु ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले रु ५० लाख...बाँकी अंश →


धनगढी–खुटिया सडक अलपत्र

अत्तरिया, २६ भदौ  कैलालीको धनगढी–खुटिया सडक अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकारबाट सङ्घ मातहत लिइएको सडक कहिले निर्माण हुने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो । धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । केन्द्र सरकारको मातहत रहेको सडक...बाँकी अंश →


जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा

बागलुङ, २६ भदौ  आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी ९नेकपा०ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको...बाँकी अंश →


गोरखा दरबारको पुनः निर्माणले गति लिँदै

गोरखा, २६ भदौ    गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण...बाँकी अंश →


सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना

काठमाडौँ, २६ भदौ    वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने...बाँकी अंश →


प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

महोत्तरी, २६ भदौ  प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म...बाँकी अंश →


पक्राउ परेका चन्दसहित सबै विद्यार्थी छुटे

चितवन, २६ भदौ  चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो । शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम...बाँकी अंश →


आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा

खोटाङ, २६ भदौ  कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेकोे हो । जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री...बाँकी अंश →


उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

परासी, २६ भदौ  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको...बाँकी अंश →


पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर

पोर्चुगल, २६ भदौ    युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् । ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा...बाँकी अंश →


भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा

गलकोट, २६ भदौ    गण्डकी प्रदेशका ११ जिल्लामध्ये भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । आयोगमा परेको भ्रष्टाचार सम्बन्धी उजुरीका आधारमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter