
दमौली, २७ भदौ जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो । पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमीन संरक्षण भएकोे कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो...बाँकी अंश →

गौशाला, २७ भदौ श्रीमतीलाई हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले औरही नगरपालिका– २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो । विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका...बाँकी अंश →

म्याग्दी, २७ भदौ अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने ११५ मिटर लामो सो पुल रु ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २०० घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताउनुभयो । पुल...बाँकी अंश →

बाँके, २७ भदौ सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा...बाँकी अंश →

कञ्चनपुर, २७ भदौ भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो । आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको...बाँकी अंश →

बेझाड, २७ भदौ सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८...बाँकी अंश →

राजापुर, २७ भदौ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।...बाँकी अंश →

मुग्लिन, २७ भदौ मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि...बाँकी अंश →

जलेश्वर, २७ भदौ महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो...बाँकी अंश →

अत्तरिया, २७ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय...बाँकी अंश →

सुर्खेत, २७ भदौ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उहाँले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाउनुभयो । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ”, मन्त्री...बाँकी अंश →

रसुवा, २७ भदौ रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन्...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: