०७ चैत २०८२

समाचार

औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

रुपन्देही, २९ भदौ  नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित हुनुभएको छ । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९...बाँकी अंश →


गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

भोजपुर, २९ भदौ  भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेको हो । ‘हामी...बाँकी अंश →


पुराना प्रविधिका साधन लोप हुने अवस्थामा

गलेश्वर, २९ भदौ  परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । रैथाने सीप र प्रविधिको...बाँकी अंश →


अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

हेटौँडा २९ भदौ  जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ...बाँकी अंश →


लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

भक्तपुर, २९ भदौ  गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो...बाँकी अंश →


अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध

डोटी, २९ भदौ  तीन दिनदेखिको लगातारको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायल डोटीले जनाएको छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर...बाँकी अंश →


सागका लागि आर्चरीको खेलाडी छनोट शुरु

कास्की, २९ भदौ  आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ । पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो ।...बाँकी अंश →


जिल्ला अस्पताललाई डेंगु किट उपलब्ध

बैतडी, २९ भदौ  बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उहाँले बताउनुभयो । लामखुट्टेको टोकाइबाट...बाँकी अंश →


गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अर्याल विजयी

वालिङ, २९ भदौ  गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गर्नुभएको थियो । नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली...बाँकी अंश →


डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

काभ्रेपलाञ्चोक, २९ भदौ  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ । विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग...बाँकी अंश →


डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

विराटनगर, २९ भदौ  डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका...बाँकी अंश →


बेँसीशहर–चामे सडक खुल्यो

लमजुङ, २९ भदौ  लमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको करीब १७ दिनपछि शनिबार साँझबाट यस सडकखण्ड खुलेको हो । करीब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter