०७ चैत २०८२

समाचार

नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

ललितपुर, ३० भदौ    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको...बाँकी अंश →


चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

पोखरा, ३० भदौ  गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने...बाँकी अंश →


मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

डोटी, ३० भदौ  जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । अनलाइनबाट सेवा दिने डोटीको...बाँकी अंश →


लागुऔषधसहित पक्राउ

सप्तरी, ३० भदौ  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ...बाँकी अंश →


फिस्लिङमा प्रहरी पोष्ट स्थापना

मुग्लिन, ३० भदौ  चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी...बाँकी अंश →


प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

जिरी, ३० भदौ  दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गर्नुभएको हो । कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८०...बाँकी अंश →


करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर, ३० भदौ  दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज...बाँकी अंश →


चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडी, २९ भदौ    बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो ।...बाँकी अंश →


शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २९ भदौ  साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात्...बाँकी अंश →


सडक बालबालिका उद्धार र संरक्षण कार्य देशव्यापी बनाइने

काठमाडौँ, २९ भदौ  ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताउनुभएको छ । काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिनुभयो । बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज राजधानीमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री...बाँकी अंश →


२१ किलोमिटर तटबन्ध निमार्ण पूरा हुने

धम्बोझी, २९ भदौ  प्राकृतिक प्रकोपको क्षति कम गर्न २०७१ सालदेखि काम गरिरहेको कर्णाली नदी व्यवस्थापन आयोजनाले बजेट र कर्मचारीको अभाव हुँदा पनि कामलाई निरन्तरता दिँदै आएको छ । नदी कटान र डुबानको चपेटाबाट राजापुर तथा गेरुवा नगरपालिकाका बासिन्दाले बर्सेनि भौतिक तथा मानवीय क्षति व्यहोर्दै आएका थिए । कम बजेट र...बाँकी अंश →


खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ ः मन्त्री विश्वकर्मा

कास्की, २९ भदौ  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter