०७ चैत २०८२

समाचार

सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

मध्यपुरथिमि, ३० भदौ  मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ । ‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि...बाँकी अंश →


मनास्लुमा आरोहीको ओइरो

काठमाडौँ, ३० भदौ    यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।...बाँकी अंश →


लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

फिक्कल, ३० भदौ  इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले...बाँकी अंश →


प्राकृतिक दोहन रोक्न सरकारको ध्यानाकर्षण

रुपन्देही, ३० भदौ  भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग गरेको हो । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक...बाँकी अंश →


‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ प्रभावकारी

पोखरा, ३० भदौ    कृषि पेशाप्रतिको अनिच्छाका कारण देशका विभिन्न भागमा जग्गा बाँझिएका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने ‘एक विद्यार्थी एक फलफूल’को बिरुवा कार्यक्रमलाई अघि सारेको छ । बाँझिएका जग्गामा कृषकलाई फलफूलका बिरुवा लगाउन अभिप्रेरित गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न बिरुवा वितरण गर्न लागिएको हो । भौगोलिक अवस्थिति एवम् स्थानीयवासीको मागअनुसार...बाँकी अंश →


विज्ञान प्रविधिमा अनुसन्धान व्यापक बनाउन जोड

काठमाडौँ, ३० भदौ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान व्यापक बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा भएको छलफलमा उहाँले अनुसन्धानको क्षेत्र व्यापक बनाउँदै जानुपर्ने...बाँकी अंश →


क्यान निर्वाचनको नयाँ मिति तय

काठमाडौँ, ३० भदौ  ः नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति...बाँकी अंश →


समाजको हितमा काम गर्नेलाई सहयोग हुन्छ– मुख्यमन्त्री गुरुङ

पोखरा, ३० भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताउनुभयो ।...बाँकी अंश →


मुक्त कमलरीलाई छात्रवृत्ति

कञ्चनपुर, ३० भदौ  उच्च शिक्षामा पहुँच पु¥याउने उद्देश्यले तीन जिल्लाका १६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजनाअन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ । उक्त परियोजनाअन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि रु दुई हजार ५०० का दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान...बाँकी अंश →


विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी, ३० भदौ  डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने...बाँकी अंश →


आलेख ः पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’

बागलुङ, ३० भदौ    बागलुङ, ३० भदौ (रासस) ः ‘रुनासुङ्गे, पुसापु, घुँयाली...’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’...बाँकी अंश →


स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

काठमाडौँ, ३० भदौ    संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter