
कावासोती, ३१ भदौ नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ । फलाम खानी...बाँकी अंश →

जाजरकोट, ३१ भदौ बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिँचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो । योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको कालीमटीदेखि बारेकोटसम्म सामग्री बोकेर लग्न मात्र दुई दिन...बाँकी अंश →

ललितपुर, ३१ भदौ गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने...बाँकी अंश →

डोटी, ३१ भदौ कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं...बाँकी अंश →

पोखरा, ३१ भदौ कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका–१ सिक्लेसमा रु दुई करोडको लागतमा नम्जु च्युउली युँउला क्होइबु निर्माण गरिने भएको छ । तमू जातिको मौलिक एवं कुलधर्म बोन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यका साथ क्होइबु निर्माण गर्न लागिएको हो । तमू जातिको जीवन्त सङ्ग्रहालयजस्तै रहेको सिक्लेसको ऐतिहासिक एवं सांस्कृतिक...बाँकी अंश →

बाँके, ३१ भदौ आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो, जुन व्यवहारमा लागू हुनसकेको छैन । सुर्खेतरोडको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, न्यूरोड क्षेत्रमा बसोबास गर्नेले कोठाको क्षेत्रफलका हिसाबले...बाँकी अंश →

सोलुखुम्बु, ३१ भदौ खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडाँैबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण...बाँकी अंश →

दार्चुला, ३१ भदौ शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा निर्माण गरेका योजनाको रकम भुक्तानी नगर्दा उपभोक्ता र मजदूर समस्यामा परेका छन् । काम गरेवापत बजेट भुक्तानी नगर्दा उपभोक्ता समितिले काम गर्ने मजदूरलाई ज्याला दिन सकेका छैनन् । जसका कारण अहिले स्थानीयवासी आक्रोशित बनेका छन् । नगरपालिकाको वडा नं ८...बाँकी अंश →

बागलुङ, ३१ भदौ गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिनुभयो । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको...बाँकी अंश →

दाङ, ३१ भदौ राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन् । हिजो साँझ करीब ७ः३० बजे नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको...बाँकी अंश →

काठमाडौँ, ३१ भदौ जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै...बाँकी अंश →

काठमाडौँ, ३० भदौ इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् । रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: