०७ चैत २०८२

समाचार

ट्याक्सीे बगायो

पर्वत, ३१ भदौ  कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी...बाँकी अंश →


बाढीबाट पाँच सय घरपरिवार समस्यामा

पोखरा, ३१ भदौ  गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् ।बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्पm जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिनुभयो...बाँकी अंश →


रासस विशेष ः गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

काठमाडौँ, ३१ भदौ    गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ...” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार...बाँकी अंश →


आन्तरिक लगानीका लागि भरपर्दो स्रोत ः सञ्चयकोष

काठमाडौैँ, ३१ भदौ  आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष...बाँकी अंश →


साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा

काठमाडौँ, ३१ भदौ  नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गोलरक्षक रोहित कार्की...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

चितवन, ३१ भदौ भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको...बाँकी अंश →


तनहुँ जलविद्युत् आयोजना ः ४४ प्रतिशत वित्तीय प्रगति

दमौली, ३१ भदौ  कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५÷७६ मा विनियोजित रु पाँच अर्बमध्ये रु दुई अर्ब २२ करोड ९२ लाख ८२ हजार मात्रै खर्च भएको छ । आयोजनाको पूँजीगततर्फ विनियोजित रकममध्ये रु...बाँकी अंश →


इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलाम, ३१ भदौ    राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा...बाँकी अंश →


गलकोटमा व्यावसायिक कागतीखेती

गलकोट, ३१ भदौ  बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताउनुभयो । गत वर्ष ४०० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती...बाँकी अंश →


गाउँपालिका कार्यालय तोडफोडको आरोपमा पक्राउ

कास्की, ३१ भदौ  गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए...बाँकी अंश →


सांस्कृतिक ग्राम बन्दै सिक्लेस

पोखरा, ३१ भदौ    कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसलाई सांस्कृतिक ग्रामकारुपमा विकास गरिने भएको छ । गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेलको ऐतिहासिक एवं संस्कृतिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सांस्कृतिक ग्राम बनाउने अवधारणा अघि सारिएको हो । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै सांस्कृतिक ग्राम बनाउने...बाँकी अंश →


जागरण अभियानमा शीर्ष नेताको सक्रियता

काठमाडौँ ३१ भदौ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter