
बाजुरा, १ असोज गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका...बाँकी अंश →

राँझा, १ असोज बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ । बाँकेका आठ स्थानीय तहको...बाँकी अंश →

सङ्खुवासभा, १ असोज जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे...बाँकी अंश →

बनेपा, १ असोज अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो...बाँकी अंश →
महोत्तरी, १ असोज मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो । पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष...बाँकी अंश →

गलकोट, १ असोज आफ्ना स्व पिताको सम्झनामा बागलुङको ढोरपाटन नगरपालिकाका एक व्यक्तिले ज्येष्ठ नागरिक मञ्च बुर्तिवाङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । ढोरपाटन नगरपालिका–२ घर भई बुर्तिवाङ बजारमा दुग्ध व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायी कृष्ण खनालले आफ्ना स्व पिता घनलाल खनालको सम्झनामा निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो...बाँकी अंश →

अमरगढी, १ असोज असोज सङ्क्रान्ति अर्थात् बुन्नढुनी (बूढी) पोल्ने दिन डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यो पर्व धुमधामसँग मनाइँदैछ । प्रत्येक वर्ष असोज १ गते सङ्क्रन्तिका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने ग्वालाले भाद्र सङ्क्रान्ति अर्थात्...बाँकी अंश →

भद्रपुर, १ असोज विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५÷७६ मा...बाँकी अंश →
काठमाडौँँ, १ असोज करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३...बाँकी अंश →

काभ्रेपलाञ्चोक, १ असोज नगरकोटस्थित बृहत पर्यटन सहकारी संस्थाले ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । सहकारीले आफ्नो अभियानको थालनी विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरबास (होमस्टे) व्यवस्थापनबाट गरेको छ । भ्रमण वर्षलाई लक्षित गरी विशेषगरी विदेशी पाहुनाका लागि दोस्रो चरणमा पर्यटन सूचना केन्द्र स्थापना गरिने सहकारीका...बाँकी अंश →

बागलुङ, १ असोज ‘एक घर, एक धारा’ योजनाले गलकोट नगरपालिका–११ रिघाफेदीमा खानेपानीको सङ्कट टार्ने भएको छ । फेदी छरछरे खानेपानी आयोजनामार्फत रिघाफेदीका ५५ घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन लागिएको हो । आयोजनाको ७० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले बताउनुभयो । “यो वर्ष आयोजना पूरा हुन्छ”, उहाँले...बाँकी अंश →

चितवन, १ असोज सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गर्नुभएको थियो । हाल ती पुलहरु छ मिटर हाराहारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: