१९ माघ २०८२

राष्ट्रिय

सामुदायिक विद्यालयमा आकर्षण बढ्दै

मुग्लिन, २९ चैत ,,: ऋणधन गरेर भए पनि निजी विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कतिपय सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालीमप्राप्त अनुभवी शिक्षक भए पनि अङ्गे्रजी माध्ययममा पढाइ हुनु नै निजी विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो । चितवनको एक मात्र गाउँपालिका...बाँकी अंश →


आमा तथा शिशु सुरक्षा कार्यक्रम गरिने

वीरेन्द्रनगर, २९ चैत ,,वीरेन्द्रनगर नगरपालिकाले आमा तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले तयार गरेको ‘स्थानीय स्वास्थ्य सेवा विधेयक, २०७५’ मा गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने जनाइएको छ । विधेयकअनुसार कार्यपालिकाले योजना बनाई स्तनपान प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।...बाँकी अंश →


निःशुल्क एम्बुलेन्स सेवा पाएपछि गर्भवती महिला खुशी

परासी, २९ चैत,, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् । नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पु¥याउने गरेको छ । खर्च नहुँदा यहाँका विपन्न...बाँकी अंश →


पाहुनालाई भानु भूमिको माटो उपहार

दमौली, २९ चैत ,, नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।...बाँकी अंश →


१७० को दन्त उपचार

लम्की, २९ चैत ,,: कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको...बाँकी अंश →


यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य

काठमाडौँ, २९ चैत,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ । छनोटमा नेपालसहित मलेशिया,...बाँकी अंश →


खरका छानालाई जस्ता उपहार ’

पाल्पा, २९ चैत ,,खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । खरका छाना...बाँकी अंश →


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बेत्रावती, २९ चैत ,,टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६...बाँकी अंश →


क्षेत्रीय प्रशासन कार्यालय खारेज

काठमाडौँ, २८ चैत ,, सरकारले सबै क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी ती कार्यालयअन्तर्गतका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति तथा अभिलेख सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही चैत २१ र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयका बारेमा जानकारी...बाँकी अंश →


नाजुक बन्दै मानसिक अस्पताल

ललितपुर, २८ चैत ,, मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो । बहिरङ्ग सेवा लिन दैनिक १५०...बाँकी अंश →


कर्मचारीले छ महीनादेखि तलब पाएनन्

हेटौँडा, २८ चैत ,, प्रदेश नं ३ अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले विगत छ महीनादेखि तलब सुविधा पाएका छैनन् । यस प्रदेशअन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुखसहित त्यहाँका कर्मचारीले तलब सुविधा नपाउँदा पारिवारिक खर्च गर्न समस्या परेको कर्मचारीको गुनासो छ । सङ्घीय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले...बाँकी अंश →


यार्सा सङ्कलनमा विद्यार्थीलाई रोक

खलङ्गा, २८ चैत ,, जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो । गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter