१९ माघ २०८२

राष्ट्रिय

जङ्गली बँदेलको तस्करी

चितवन, ६ वैशाख ,, जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा...बाँकी अंश →


बलात्कारको कसुरमा छ वर्ष सजाय

नुवाकोट, ६ वैशाख ,, बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो । बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु...बाँकी अंश →


जिल्ला प्रशासनमा हतियार बुझाइयो

विराटनगर, ६ वैशाख ,,  मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो । गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको...बाँकी अंश →


युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ

काठमाडौँ, ६ वैशाख  ,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ । महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो...बाँकी अंश →


रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर, ६ वैशाख ,,  भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर...बाँकी अंश →


युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ : युवा नेता पौडेल

तनहुँ, ६ वैशाख  ,,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति...बाँकी अंश →


तेमाल जात्रामा भक्तजनको भीड

काठमाडौँ, ६ वैशाख ,, दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी...बाँकी अंश →


४५ अर्ब बराबरको औषधि कारोवार

नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिनुभयो । गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने...बाँकी अंश →


कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

खलङ्गा, ५ वैशाख ,, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु...बाँकी अंश →


बालिका बलात्कृत

गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पु¥याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा...बाँकी अंश →


विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

काठमाडौँ, ५ वैशाख ,,  आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा...बाँकी अंश →


जालमा परेर छ वटा गोही मरे

चितवन, ५ वैशाख ,,  चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter