१९ माघ २०८२

राष्ट्रिय

अवैध भरुवा बन्दुक नियन्त्रणमा

वालिङ, ११ वैशाख  ,,  स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो...बाँकी अंश →


ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

राजविराज, ११ वैशाख ,,  पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताउनुभयो । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण...बाँकी अंश →


एक वर्षमा १३३ सडक दुर्घटना

हेटौँडा, ११ वैशाख  ,,  मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल...बाँकी अंश →


बलात्कार आरोपमा एक पक्राउ

काभ्रेपलाञ्चोक, ११ वैशाख  ,,  पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् । आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका...बाँकी अंश →


राष्ट्रिय पूँजीको विकास नगरी समृद्धि प्राप्त हँुदैन ः मुख्यमन्त्री शाही

सुर्खेत, ११ वैशाख ,,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताउनुभएको छ । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । “हामी अहिलेसम्म आयातमा निर्भर छौँ”, मुख्यमन्त्री...बाँकी अंश →


काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ वैशाख  ,, नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रमुख सचेतक खाँणले उहाँको...बाँकी अंश →


नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

काठमाडौँ, ११ वैशाख  ,,  एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका लागि...बाँकी अंश →


राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ, ११ वैशाख ,, राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो...बाँकी अंश →


बस दुर्घटना : पाँचको मृत्यु, ३४ घाइते

डोटी, ११ वैशाख ,,  डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज बिहान...बाँकी अंश →


२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

पटना, ११ वैशाख ,,  २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो...बाँकी अंश →


बाह्र वर्षपछि सडक विवाद मिल्यो

जाजरकोट, ११ वैशाख  ,,  निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् । सिंहसँगै सडक डिभिजन...बाँकी अंश →


बस दुर्घटनामा पाँच जनाको मृत्यु

डडेल्धुरा, ११ वैशाख  ,,  धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५.३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter