१८ माघ २०८२

राष्ट्रिय

‘पार्टी विधानअनुसार चल्न सकेन

काठमाडौँ, १८ जेठ,,  नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् । काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →


सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

बर्दिवास, १८ जेठ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति...बाँकी अंश →


जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर : नेता सिंह

काठमाडौँ, १८ वैशाख ,,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उहाँले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताउनुभयो । “अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले...बाँकी अंश →


प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन

काठमाडौँ, १६ जेठ,,  वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले...बाँकी अंश →


सभासद्लाई ‘संविधानसभा पदक’ प्रदान

काठमाडौँ, १६ जेठ,,  सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक...बाँकी अंश →


दोषीलाई कारवाहीको माग

काठमाडौँ, २९ वैशाख,,एघार विद्यार्थी सङ्गठनले वाइडबडी, एनसेल, सुनकाण्डलगायत अनियमिततामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । सङ्गठनद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न समयमा राज्यसत्ताको दुरुपयोग गरी बालुवाटारको सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफिया, कर्मचारीलगायतलाई छानबिन गर्न माग गरिएको छ । शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क...बाँकी अंश →


सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

काठमाडौँ, २७ वैशाख ,,  राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा...बाँकी अंश →


प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ, २६ वैशाख ,,   प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी...बाँकी अंश →


युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्छ : कलाकार हमाल

बाजुरा, २६ वैशाख ,, नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गर्नुभएको छ । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आउनुभएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताउनुभयो । हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै...बाँकी अंश →


सिमेन्टमा भारतसँगको निर्भरता हट्दै

धनगढी, २६ वैशाख ,,  स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका...बाँकी अंश →


जमीनमुनिबाट ग्यास निस्कियो

पाल्पा, २५ वैशाख ,, माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर...बाँकी अंश →


चार सय ३३ स्थानीय तहले बुझाए रिक्त विवरण

काठमाडौँ बैसाख  २५ ,,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter