१८ माघ २०८२

राष्ट्रिय

नेकपाको शपथ कार्यक्रममा तोडफोड

महोत्तरी, २४ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो । अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट...बाँकी अंश →


नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छः प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभएको छ । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपाह्न समुद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पाइपलाइन परियोजना सञ्चालनमा...बाँकी अंश →


नेपालद्वारा ताजकिस्तान पराजित

काठमाडौँ, २४ भदौ  किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६...बाँकी अंश →


चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन

भक्तपुर, २४ भदौ नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गर्नुभएको छ । भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गर्नुभएका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिनुभएको थियो । चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका...बाँकी अंश →


चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान

काठमाडौँ, २४ भदौ  चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि...बाँकी अंश →


पहिलोपटक पाइपलाइनबाट इन्धनः उपभोक्तालाई मूल्यमा राहत

काठमाडौँ, २४ साउन    पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई÷दुई घटाएपछि...बाँकी अंश →


कर्मचारी व्यवस्थापन गर्न समस्या परेको छः मन्त्री पुन

दमौली, २४ भदौ  गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको जानकारी...बाँकी अंश →


सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, २४ भदा ै  प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गरीब, विपन्न, असाहय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका...बाँकी अंश →


काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान प्रारम्भ

काठमाडौँ, २४ भदौ  नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ । जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान आजदेखि प्रारम्भ भई आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित...बाँकी अंश →


राष्ट्रिय परिचयपत्र ः विवरण सङ्कलन उत्साहजनक

दमौली, २४ भदौ  राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा एक हजार १०५ ले विवरण दर्ता गराएका छन् । साउन ६ गतेदेखि भदौ १८ गतेसम्म परिचयपत्रका लागि उक्त विवरण दर्ता गरिएको हो । विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र फिल्ड कार्यालय स्थापना गरिएको छ । फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक...बाँकी अंश →


नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

काठमाडौँ, २३ भदौ  ः नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो...बाँकी अंश →


निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह

ओसाका (जापान), २३ भदौ  राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा सिधा उडान शुरु गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter